प्रदेश ५ को राजधानी दाङको देउखुरी, नाम लुम्बिनी
काठमाडौं । प्रदेश ५ को राजधानी दाङको देउखुरी राख्ने प्रस्तावमा मत बिभाजन हुँदा प्रदेश सभाको दुई तिहाई बहुमतले प्रदेश सभाको राजधानी र नाम पारित गरेको हो । ८७ सदस्य रहेको प्रदेश सभामा ८२ मत खसेको थियो । तीमध्ये पक्षमा ६९ मत खसेको थियो भने विपक्षमा १३ मत मात्रै खसेको थियो । जनता समाजवादी पार्टी नेपालका दुई र राष्ट्रिय जनमोर्चाका एक जनाले मतदानमा भाग लिएनन् ।
प्रदेश सभामा भएको मतदानमा बहुमत सदस्यले राजधानी दाङ्गको देउखुरीको पक्षमा मतदान गरेसँगै अब प्रदेश ५ को राजधानी दाङ्गको देउखुरी तय भएको छ । त्यस्तै, प्रदेश नं ५ को प्रदेशसभामा मंगलबार भएको मतदानमा प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्तावको पक्षमा ७९ मत परेको छ भने विपक्षमा ४ मत खसेको छ । प्रदेश सरकारले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती र गढवा गाउँपालिका तथा अर्घाखाँचीको शीतगंगा नगरपालिकालाई जाडेर स्थायी राजधानी बनाउने प्रस्ताव १६ असोजमा प्रदेशसभामा पेश भएको थियो ।
सोमवार यही बिषयलाई लिएर बिपक्षी दल काँग्रेसका सभासद्ले प्रदेशसभामा कुर्ची तोडफोड समेत गरेका थिए । बिरोधका बाबजुद मंगलबार भएको मतदानमा कांग्रेसकै सांसदहरुले पार्टीको हृपीप विपरित फ्लोर क्रस गरेका छन् । किनकी प्रदेशसभामा कांग्रेसका १९ सांसद भएपनि विपक्षमा १३ मत मात्रै खसेको छ । यसले पनि भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी नै प्रदेश ५ को नाम दुई तिहाई बहुमतले पारित भएको छ ।
प्रतिपक्षी दल नेपाली कांग्रेसले राजधानी सम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न हृवीप लगाएको थियो । तर, पनि बहुमतले प्रदेश ५ को राजधानी र नाम टुङ्गो लागेको छ । प्रदेशसभामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ६१ सांसद छन्, उनीहरुमध्ये सभामुख पूर्णबहादुर घर्तीले मतदान गरेनन् । यस्तै जनता समाजवादी पार्टीका ६ र राष्ट्रिय जनमोर्चाका एक प्रदेशसभा सदस्य छन् । प्रदेशको नाम र स्थायी राजधानी टुंगो लगाएसँगै प्रदेशसभाको अधिवेशन अन्त्य भएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #दाङको देउखुरी
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्