अनसन तोड्न डाक्टर गोविन्द केसीलाई सरकारको आग्रह
काठमाडौं । डाक्टर गोविन्द केसीलाई सरकारले अनसन तोड्न आग्रह गरेको छ । चिकित्सा शिक्षा सुधारको लागि १८ दिनदेखि चिकित्सा शिक्षा सुधारको लागि १८ दिनदेखि अनसनरत डाक्टर केसीलाई सरकारले अनसन तोड्न आग्रह गरेको हो ।
डाक्टर केसीकोे रगतमा चिनीको मात्रा र सिरम इलेक्ट्रोलाइट्स निकै कम भइसकेकाले उनको जीवन नै खतरामा परेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । कोरोना महामारीमा सबै एकजुट भएर लड्नुपर्ने भन्दै अहिले अनसन तोड्न सरकार प्रवक्ता प्रदिप ज्ञवालीले आग्रह गरेका हुन् ।
मन्त्रिपरिषद्का निर्णय सुनाउँदै सरकारका प्रवक्ता प्रदीप ज्ञवलीले डाक्टर केसीका कैयौँ माग पूरा गरेको भन्दै अरु पनि कार्यान्वयन गर्ने बताए । उनले यस्तो असामान्य अवस्थामा धर्ना अनशन सुहाउँदो विषय नभएको भन्दै केही विषय बाँकी रहे पछि छलफल गर्न सकिने बताए । मन्त्री ज्ञवालीले भने नेपाल सरकारका तर्फबाट उहाँ र उहाँका साथीहरूलाई आग्रह छ अहिले अनशन फिर्ता लिएर हामी सबै कोरोनाविरुद्धको लडाइँमा लाग्यौ ।
क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, शिक्षा स्वास्थ्य
ट्याग : #अनसन तोड्न आग्रह, #डाक्टर गोविन्द केसी, #प्रवक्ता प्रदीप ज्ञवली
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्