मुख्यसचिवमा शंकरदास बैरागी नियुक्त, खतिवडा अमेरिका र रेग्मी बेलायतको राजदूतमा सिफारिस
काठमाडौं । सरकारले मुख्यसचिवमा शंकरदास बैरागीलाई नियुक्त गरेको छ । मुख्सचिव लोकदर्शन रेग्मीले आफ्नो कार्यकाल सकिनु अघि नै राजीनामा दिएपछि बैरागीलाई मुख्यसचिवमा नियुक्त गरिएको हो ।
बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिका र लोकदर्शन रेग्मीलाई बेलायतको राजदूत नियुक्त गरेको छ । त्यसअघि मुख्यसचिव रेग्मीले कार्यकाल सकिनु अघि नै पदबाट राजीनामा दिएका थिए ।
मन्त्रिपरिषद् बैठक चल्दै गर्दा प्रधानमन्त्री ओलीले रेग्मीको राजीनामा स्वीकृत गरे लगत्तै रेग्मीलाई बेलायत र पूर्वअर्थमन्त्री डाक्टर युवराज खतिवडालाई अमेरिकाको राजदूत नियुक्त गरिएको हो । यसअघि प्रधानमन्त्री ओलीले खतिवडालाई आफनो आर्थिक सल्लाहकार समेत बनाएका थिए । त्यस्तै, सरकारले साउथ अफ्रिकाका लागि निर्मल कुमार विश्वकर्मालाई पनि राजदूतमा सिफारिस गरेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #प्रधानमन्त्री ओली, #मुख्यसचिवमा शंकरदास बैरागी
ताजा खबर
- १अमेरिका फर्किदैं धुर्मुसले लेखे– १८ करोड ऋणको भारी बोकेर मातृभूमि छोड्दैछु
- २प्रधानमन्त्री बालेन शाहले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता
- ३बालेन सरकारमाथि बादलको कडा टिप्पणी, नेतृत्व लिन रविलाई आग्रह
- ४रास्वपा बैठकमा सांसदका गुनासै गुनासा, सरकार जिम्मेवार नबनेको आरोप
- ५सिंहदरबारमै ब्यस्त सांसद, गाउँ जानै छाडे



तपाईको कमेन्ट लेख्नुहोस्