डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भिर : शिक्षण अस्पताल
काठमाडौं । चिकित्सा शिक्षा सुधारको लागि १७ दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीको स्वास्थ्यअवस्था गम्भीर बन्दै गएको छ। डाक्टर केसीकोे रगतमा चिनीको मात्रा र सिरम इलेक्ट्रोलाइट्स निकै कम भइसकेकाले उनको जीवन नै खतरामा परेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।

अस्पतालले जारी गरेको विज्ञप्तिमा डा केसीमा कुनै पनि बेला मुटु र स्नायुसम्बन्धी समस्या आउनसक्ने र त्यसो भएमा ज्यानकै जोखिम हुने उल्लेख गरिएको छ। अस्पतालका अनुसार उनको रगतमा ह्वाइट ब्लड सेल्सको मात्रा निकै न्यून हुँदा संक्रमणको ठूलो जोखिम रहेको छ।
अस्पतालले डा केसीलाई बारम्बार चक्कर आउने, मुटुको धड्कन बढेको, छाती दुख्ने, जिउ गल्ने, शरीरका मांशपेशी दुख्ने र बाउँडिने लगायतका समस्या देखिएको पनि जनाएको छ। डाक्टर केसीलाई आइसीयूमा राखी निगरानी र उपचार व्यवस्था गर्नुपर्ने अवस्था भएपनि उनले सामान्य सलाइन लिन बाहेक अरु केही पनि नमानेको त्रिविले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #डाक्टर गोविन्द केसी
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्