काठमाडौंमा उपत्यकामा धेरै ८ सय ९ संक्रमित थपिए, देशभर १५७३ जनामा संक्रमण
काठमाडौं । उपत्यकामा आइतबार सबैभन्दा बढी कोेरोना संक्रमित फेला परेका छन् । एकैदिन उपत्यकामा ८ सय ९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । एकैदिन काठमाडौंमा ६ सय ३३, ललितपुरमा १ सय ४ र भक्तपुरमा ७२ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आइतबार देशभर १० हजार १ सय २३ जनाको पीसीआर परीक्षण भएकोमा ४ सय २४ महिला र १ हजार ४९ जना पुरुष गरी १५७३ जनामा संक्रमण देखिएको हो । यो सँगै नेपालमा कुल संक्रमितको संख्या ७३ हजार ३ सय ९४ पुगेको छ ।
कोरोनाबाट थप १० जनाको मृत्यु भएको छ । १ महिला र ९ जना पुरुषको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकामा एक महिला सहित ५ जनाको मृत्यु भएको छ । काठमाडौंमा ५० वर्षीया महिला, ६१ वर्षीय पुरुष र ६२ वर्षीय पुरुषको मृत्यु भएको छ । यस्तै, ललितपुरमा ४२ र ७७ वर्षीय पुरुषको मृत्यु भएको छ ।
यसैगरी बारामा ४० वर्षीय पुरुष, रुपन्देहीमा ७२ वर्षीय पुरुष, बर्दियामा ६३ र ५० वर्षीय पुरुषको मृत्यु भएको छ । यस्तै अछाममा ३४ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ७७ पुगेको छ । हालसम्म कुल संक्रमितमध्ये ५३ हजार ८ सय ९८ निको भइसकेका छन् ।
आइतबारमात्रै ८ सय ८५ डिस्चार्ज भएका छन् । यस्तै आज देशभर देशभर सक्रिय संक्रमितको संख्या १९ हजार १९ रहेको छ । जसमा संस्थागत आइसोलशेनमा ८ हजार ३ सय २१ जना र होम आइसोलेशनमा १० हजार ६ सय ९८ जना रहेका छन् ।
क्याटेगोरी :
देश/दुनियाँ,
ब्रेकिंग न्युज,
शिक्षा स्वास्थ्य,
समाचार
ट्याग : #कोेरोना संक्रमित, #सक्रिय संक्रमित
ताजा खबर
- १अमेरिका फर्किदैं धुर्मुसले लेखे– १८ करोड ऋणको भारी बोकेर मातृभूमि छोड्दैछु
- २प्रधानमन्त्री बालेन शाहले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता
- ३बालेन सरकारमाथि बादलको कडा टिप्पणी, नेतृत्व लिन रविलाई आग्रह
- ४रास्वपा बैठकमा सांसदका गुनासै गुनासा, सरकार जिम्मेवार नबनेको आरोप
- ५सिंहदरबारमै ब्यस्त सांसद, गाउँ जानै छाडे



तपाईको कमेन्ट लेख्नुहोस्