Techie IT
  • १९ वैशाख २०८२, शुक्रबार
KhojPatrika

मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइयो


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। सामान्यतया सोमबार र बिहीबार बस्ने गरेको मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री ओलीले आज बोलाएका हुन् ।

मध्यान्ह १२ बजे बालुवाटारमा बस्ने गरि बैठक डाकिएको हो । सोमबार नियमित बैठक बस्ने समय हुँदा हुँदै एक दिनअघि प्रधानमन्त्री ओलीले आकस्मिक बैठक बोलाएका हुन् । प्रधानमन्त्रीले केही अपरझट परेर नै बैठक डाकेको हुनसक्ने मन्त्रीहरुले बताएका छन् ।

मन्त्री हेरफेरको विषयमा नेकपाका दुई अध्यक्ष ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भइराखेका बेला मन्त्रिपरिषद्को आकस्मिक बैठक डाकिएको हो । मन्त्रिपरिषद् बैठकको एजेण्टा भने सार्वजनिक भएको छैन् ।


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #प्रधानमन्त्री केपी शर्मा, #मन्त्रिपरिषद्को आकस्मिक बैठक

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं