Techie IT
  • २१ असार २०८२, शनिबार
KhojPatrika

काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा भारी वर्षा


काठमाडौं । उपत्यकासहित देशका अधिकांश स्थानमा गएराति देखि नै भारी वर्षा भइरहेको छ । भारतको छत्तिसगढको उत्तरी क्षेत्रमा रहेको न्युन चापीय क्षेत्र पश्चिम–उत्तरपश्चिम सर्दै गरेको र यसैको प्रभावका कारण नेपालका अधिकांश स्थानमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्ययम वर्षा भईरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बुधबार दिउँसो देशभर सामान्य देखि पुर्णतया बदली रही अधिकांश स्थानमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का १–२ स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ । यस्तै बुधबार राति पनि देशभर सामान्य देखि पूर्णतया बदली रही धेरै स्थानहरूमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १–२ स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेकाले सर्तक रहन मौसमविद्हरुले आग्रह गरेका छन् ।


क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, समाचार
ट्याग : #न्युन चापीय क्षेत्र, #भारी वर्षा

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं