Techie IT
  • २१ वैशाख २०८२, आईतबार
KhojPatrika

कोरोनाको बाहनामा लुट : स्वदेश फर्कन पनि कमिसन दिनुपर्ने ?


काठमाडौं । सरकारले विदेशमा अलपत्र नेपालीहरुको उद्धारमा चरम लापरवाही गरेको छ । स्वदेश फिर्ता हुँदा सातदिनसम्म होटल क्वारेन्टिनमा बस्नैपर्ने ब्यवस्था गरिएको छ । जसका लागि उनीहरुले नेपाल फर्किदा होटलमा बस्ने ब्यवस्था मिलाएर मात्रै उनीहरु आइरहेका छन् । तर, आफूले महंगोमा होटेल बुकिङ गरेपनि बिचौलियाले सस्तो होटेलमा राख्ने गरिएको भेटिएको छ । बिदेशमा अलपत्र परेर नेपाल आईसका नेपालीहरुले होटलमा बस्दाको खर्च व्यक्ति स्वयंले व्यहोर्नुपर्ने ब्यवस्था गरिएको छ ।

विदेशबाट आएका यात्रुले पीसीर रिर्पोट ल्याए पनि ७ दिन क्वारेन्टिन बस्नुपर्ने व्यवस्था पनि छ । सरकारले चार्टर्ड उडानमार्फत स्वदेश आउने नागरिकलाई क्वारेन्टिनमा राख्ने प्रयोजनका लागि तारे होटलदेखि सामान्य पर्यटकस्तरका होटलको सूची र मूल्य सार्वजनिक गरिएको छ । पर्यटकीय क्षेत्र ठमेल, ताहाचल, गौशाला, बत्तिसपुतली, दरबारमार्ग, लगायत होटललाई क्वारेन्टिनका रूपमा प्रयोग गरिने ब्यवस्था अनुसार नै विदेशमा रहेका नेपालीहरुले होटेल बुकिङ गरिरहेका छन् ।

सोमबार मात्र नेपाल एवरलाईन्समा आएका २ सय ६० नेपालीलाई उनीहरुले होटलको लागि भनेर तिरेको रकम अनुसार नराखी, गंगाबुको सयपत्री गेष्ट हाउस लगायत अन्य १३ बटा सस्तो होटेलमा राखिएको भेटिएको छ । अझ् ७ दिनको लागि भनिएर होटेल बुकिङ गरे पनि उनीहरुलाई ५ दिनमै पिसिआर गरी होटल छाड्न दवाव दिइएको छ । (सिसिएमसी)का प्रवतmा महेन्द्रप्रसाद गुरागाईसँग यस बिषयमा बुझ्न खोज्दा होटेलको व्यवस्थाको बारेमा आफुलाई थाहा नभएको र पर्यटन तथा नागरीक उड्डयन मन्त्रालयलाई जिम्मा दिएको दाबी गरे ।

हामीले फेरि यहि कुरा बुझ्न पर्यटन तथा नागरीक उड्डयन मन्त्रालयमा फोन ग¥यौं । तर, मन्त्रालयले भने पर्यटन विभागको जिम्मेवारी भएको भन्दै जवाफ दिनबाट पन्छियो । पाँच तारे होटलमा एक जना बस्दा नौ हजार र दुई जना साझेदारीमा बस्नेका लागि प्रतिव्यक्ति छ हजार तोकिएको छ । यस्तै, चारतारे होटलमा एक जनाको आठ हजार र दुई जनाको हकमा प्रतिव्यक्ति पाँच हजार ५ सय, तीनतारे तथा डिलक्स रिसोर्टमा एक जनाको ६ हजार तोकिएको छ ।

दुई जनाको हकमा प्रतिव्यक्ति पाँच हजार, दुई तारेमा पाँच हजार र दुई जना भएमा प्रतिव्यक्ति तीन हजार ५ सय तोकिएको छ । शुल्क तिरे अनुसार उद्धार गरिएका नेपालीले होटल नपाउँदा र सरकारी पक्षबाट नै होटलको व्यवस्थापन नहँुदा उद्धारमा समेत ठगी धन्दा चलिरहेको छ ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्