बैंक तथा वित्तीय संस्थाबाटै युट्युब र सामाजिक सञ्जालको आम्दानी नेपाल ल्याउन पाइने
काठमाडौं । युट्युबलगायत सामाजिक सञ्जालमार्फत विदेशी रकम आर्जन गर्नेले बैंक तथा वित्तीय संस्थाबाटै रकम नेपाल भित्र्याउन पाउने भएका छन् । अहिले सामाजिक सञ्जालमार्फत विदेशी रकम आर्जन गर्नेहरुले बैंक तथा वित्तीय संस्थाको बाटो नभइ अन्य तरिकाले नेपाल भित्र्याउने गरेकोमा अब बैंक तथा वित्तीय संस्थाबाटै नेपाल ल्याउन/पठाउन पाउने भएका छन् ।
नेपाल राष्ट्र बैंकले सूचना प्रविधि सम्बद्ध दक्षता र विज्ञताको निकासी, सामाजिक सञ्जालमा सामग्रीहरु राखिएबापत प्राप्त हुने रकम तथा खुद्रास्तरको अन्तर्राष्ट्रिय व्यावसायिक-व्यापारिक कारोबारबापत प्राप्त हुने रकम बैंक तथा वित्तीय संस्थामार्फत प्राप्त गर्न सकिने भन्दै एक सूचनामार्फत यसको जानकारी गराएको छ ।
राष्ट्र बैंकका अनुसार स्वदेशी बैंकको खातामा विदेशी मुद्रा आएपछि बैंक तथा वित्तीय संस्थाले सञ्चालन गरेको ग्राहकको वालेटलगायत भुक्तानीका उपकरणमा तोकिएको सीमासम्मको रकम स्वदेशी मुद्रामा रकमान्तर गर्न सकिनेछ ।
विदेशी मुद्रा आर्जन गर्ने क्रममा तोकिए बमोजिमको शुल्क, रोयल्टीलगायत आवश्यक पर्ने भएमा र भुक्तानी विदेशमा पठाउनुपर्ने भएमा राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागबाट जारी भएको निर्देशनका सर्तनामाको भने पुर्णरुपमा पालना गर्नुपर्नेहुन्छ ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्