उपत्यकामा ६१८ सहित देशभर थप १२४६ कोरोना संक्रमित फेला
काठमाडौं । उपत्यकामा बिहीबार थप ६ सय १८ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा ५ सय ७, भक्तपुरका ५० र ललितपुरका ६१ गरी थप ६ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
उपत्यकासहित देशभर १ हजार २ सय ४६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । यससँगै देशभर संक्रमितको कुल संख्या ५९ हजार ५ सय ७३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २ सय ४१ रहेको छ ।
यस्तै बिहिबार थप ४ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ३ सय ८३ पुगेको छ । बितेको २४ घण्टामा १२ सय ४३ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमण मुक्त हुनेको संख्या ४२ हजार ९ सय ४९ पुगेको छ । बिहिबार पीसीआर १० हजार ६ सय ४१ जनाको भएको छ ।
हेरौं देशभर कहाँ कति संक्रमित थपिए




क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #कोरोनाभाइरस संक्रमित
ताजा खबर
- १युद्धको भिडियो र फोटो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ, कडा कारबाही र डिपोर्ट हुनसक्ने परराष्ट्रको चेतावनी
- २सेवा प्रवाह प्रभावकारी बनाउन काठमाडौं प्रशासनमा ‘सार्वजनिक सम्बोधन प्रणाली’ लागू
- ३नयाँ जनादेशले देशलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जगायो : प्रधानमन्त्री
- ४पैसाको सदुपयोग गर्न जान्नुपर्छ– गभर्नर
- ५ड्रोन आक्रमणपछि दुबई विमानस्थल अस्थायीरुपमा बन्द



तपाईको कमेन्ट लेख्नुहोस्