उपभोक्तालाई रुवायो प्याजले
काठमाडौं । प्रत्येक नेपालीको भन्सामा प्रयोग हुने प्याजको मुल्य एक्कासी आकासिएको छ । भारतले प्याजको निर्यातमा रोक लगाएको भन्दै यसअघि नै निर्यात भैसकेको प्याजमा समेत प्रति केजी २० देखि २५ रुपैयाँसम्म मुल्य बढाइएको छ । हिजोसम्म ६० रुपैयामा किनेको प्याज एका–एक ९० रुपँैयामा बिक्री हुँदा उपभोक्ता आश्चार्यमा परेका छन् । भारतले निर्यात रोकेको खबर बाहिरिएसगंै यसअघि नै ल्याइएका प्याजमा समेत ८० देखि ९० रुपौयामा खरिद् गर्नु परेको गनासो उपभोक्ताले गरेका छन् ।
काठमाडौंको कालिमाटीस्थित तरकारी बजारमा आलु प्याजको होलसेल व्यापार गर्दै आएका व्यापारीले भने भारतबाट प्याज आउन छोडेपछि मुल्य बढेको दाबी गर्दछन् । अहिले भारतले प्याज निर्यातमा रोक लगायो । तर, पहिले नै आयात भैसकेको प्याजको मुल्य चाहि किन बढाइयो भन्ने हाम्रो प्रश्नमा व्यापारी आफुहरुसँग स्टक सामान नहुने भएकोले र पछिल्ला दिनहरुमा प्याज ल्याउदा बढी मुल्य परेकोले दाबी गर्छन् ।
कालीमाटी फलफुल तथा तरकारी विकास समितिका अनुसार साउनदेखि सोमबारसम्ममा ३८ सय टन प्याज आयात भएको छ । जसमा ९९ प्रतिशत प्याज भारतबाट आयत भएको देखिन्छ । कालीमाटी फलफुल तथा तरकारी व्यावसायी सघंका उप–निर्देशक विनय श्रेष्ठ प्रत्येक दिन ६५ देखि ७० टनसम्म आयात हुने प्याज सोमबारसम्म ३५ टन मात्र आयात भएको बताउछन् । तर, व्यापारीहरुले किन यती मङगो मुल्यमा बिक्री भैरहेको छ भन्ने बिषयमा भने खासै चासो दिएन्न । आर्थिक वर्ष २०७६ / ७७ मा मात्रै ४ अर्ब २२ करोड ४७ लाख १४ हजारको प्याज आयात गरेको छ । जसमा सरकारले १० करोड ६८ लाख ३५ हजार २२ सय केजी प्याज आयात गरेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । जसमध्ये भारतबाट मात्रै १० करोड ७ लाख ७१ हजार ६ सय ९५ केजी प्याज आयत भएको छ ।
गत वर्ष नेपालले भारतबाट ३ अर्ब ८० करोड ९२ हजार रुपैयाँको प्याज आयात गरेको छ । त्यस्तै, चीनबाट ६६ लाख ३३ हजार २७ केजी प्याज ४२ करोड ४६ लाख २२ हजारको प्याज आयात गरेको छ । गत साउन महिनामा ६२ करोड ५८ लाख ७१ हजार रुपैयाँ बराबरको १ करोड ६९ लाख ५७ हजार २ सय ८३ केजी प्याज आयात भएको विभागको तथ्याङ्कले देखाएको छ ।
क्याटेगोरी : अर्थ, जनगुनासो, ब्रेकिंग न्युज, समाचार
ट्याग : #आलु प्याज
ताजा खबर
- १संवैधानिक इजलासको आदेशः प्रतिनिधिसभा विघटनविरुद्ध अन्तरिम आदेश जारी भएन
- २राष्ट्रपति पौडेलेको कतार भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
- ३वरिष्ठ अधिवक्ता भण्डारीको जिकिरः भदौ २३ को घटना छानबिन गर्न अन्तरिम आदेश जारी हुनुपर्छ
- ४राष्ट्रिय सभामा रिक्त सदस्यको निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय
- ५आन्दोलनरत नर्सहरूका माग तत्काल सम्बोधन गर्न सरकारसँग प्रचण्डको माग


तपाईको कमेन्ट लेख्नुहोस्