कतै तपाईले विषाक्त स्यानिटाइजर त प्रयोग गर्नुभएको छैन् ?
काठमाडौं । विषाक्त रसायनयुक्त स्यानिटाइजर उत्पादन गर्ने काठमाडौं र भक्तपुरका पाँच वटा उद्योग कारबाहीमा परेका छन् । औषधि व्यवस्था विभागको प्रयोगशालमा गरिएको परीक्षणमा मापदण्डविपरीत स्यानिटाइजर उत्पादन गरेको पाइएपछि काठमाडौंस्थित हाइजिन सोप एण्ड केमिकल प्रालि, आधार केमिकल एण्ड फुड इन्डष्ट्री, सर्च केम कम हर्बल प्रडक्ट्स र सूर्यमुखी हर्बल प्रडक्ट्स र भक्तपुरको नेपाल कायाकल्प उद्योगमाथी कानुनी कारबाही अघि बढाइएको हो ।

औषधि व्यवस्था विभागले यी उद्योगहरुबाट उत्पादित ‘इन्सट्यान्ट ह्याण्ड स्यानिटाइजर’, ‘इन्सट्यान्ट ह्याण्ड स्यानिटाइजर ओरिजिनल’, ‘एडभान्स््ड ह्यान्ड स्यानिटाइजर’, ‘इन्सट्यान्ट ह्याण्ड स्यानिटाइजर रिफ्रेसिङ जेल’ र ‘सूर्यमुखी ह्याण्ड स्यानिटाइजर’ प्रयोग नगर्न आम उपभोक्तालाई आग्रह गरेको छ ।
विभागका अनुसार यी स्यानिटाइजरहरुमा विषाक्त रसायन मेथानोल समावेश गरेको पाइएको छ । विभागले जारी गरेको सूचनामा विषाक्त रसायन मेथानोलले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने उल्लेख छ । विभागका अनुसार स्यानिटाइजरमा इथानोल बाहेकका अन्य केमिकल प्रयोग गर्नु हानिकारक मानिन्छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #विषाक्त रसायनयुक्त स्यानिटाइजर, #हाइजिन सोप एण्ड
ताजा खबर
- १सरकारले नै विस्थापित सुकुम्वासीलाई आज र भोलि खानाको व्यवस्था गर्ने
- २हेडसरलाई थर्काएको रास्वपा सांसद विश्वराज पोखरेलको भिडियो भाइरल, चौतर्फी आलोचना
- ३चल्यो सुकुम्बासी बस्तीमा डोजर,सरकारलाई सघाउदै निस्किए सुकुम्बासी, ५ स्थानमा बासस्थान
- ४जानकी नवमीः मिथिलाको गौरव र माता जानकीको प्रादुर्भाव
- ५रविलाई हर्कले सोधे–सुकुमबासीलाई धनीपूर्जा दिने बाचा गरेर चुपचाप घण्टीमा छाप मागेको होइन ?



तपाईको कमेन्ट लेख्नुहोस्