काठमाडौं उपत्यकामा ५ सय ७२ सहित एकैदिन १२४६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । उपत्यकामा एकैदिन ५ सय ७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ४ सय ९५ ललितपुरमा ४३ र भक्तपुरमा ३४ गरी ५ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । देशभर भने १ हजार २ सय ४६ जनामा कोरोना भाइरस पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ५० हजार ४ सय ६५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा मात्र १ हजार ८ सय १८ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म ३५ हजार ७ सय जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ४ सय ४८ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार १० रहेका छन् भने होम आइसोलेशनमा ६ हजार ४ सय ३८ जना रहेका छन् । यस्तै हालसम्म ७१ प्रतिशत संक्रमित निको भएका छन् ।
त्यस्तै, कोरोनाबाट थप ५ जनाको मृत्यु भएको छ। यससँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ३ सय १७ पुगेको छ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #उपत्यका, #कोरोना भाइरस पुष्टि
ताजा खबर
- १डा. गाेविन्द केसी र सरकारबिच सहमति, अनसन ताेडियाे
- २नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश
- ३कर्फ्यु उल्लंघन भएपछि सुनसरीको कप्तानगञ्जमा सेना परिचालन
- ४सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन
- ५एमबीएसको प्रश्नपत्र सार्वजनिक गर्नेमाथि कारबाही हुन्छः शिक्षामन्त्री



तपाईको कमेन्ट लेख्नुहोस्