काठमाडौं उपत्यकामा ३२६ सहित देशभर ९७९ जनामा कोरोना पुष्टि
काठमाडौं । उपत्यकामा सोमबार ३ सय २६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। बुधबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ३ सय २६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । काठमाडौंमा २ सय ९१ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा २० र भक्तपुरमा १३ जनामा संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा देशभर ९ सय ७९ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । यससँगै देशभर कुल संक्रमितको संख्या ४७ हजार २ सय ३६ पुगेको छ । यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २ सय ५९ जना रहेको छ । आइसोलेशनमा ९ हजार ६९ जना रहेका छन् भने होम आइसोलेशनमा ७ हजार १ सय ९० रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ हजार ७ सय ३६ रहेको छ । यो सँगै निको हुनेको कुल संख्या ३० हजार ६ सय ७७ पुगेको छ । सोमबार ९ हजार २ सय १८ जनाको पीसीआर परीक्षण भएको छ भने हालसम्म ७ लाख ७७ हजार ५६३ जनाको पीसीआर परीक्षण भएको छ । यस्तै कोरोनाबाट थप ११ जनाको मृत्यु भएको छ। यससँगै मृतकको संख्या ३ सय पुगेको छ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #आइसोलेशन, #कोरोनाभाइरस संक्रमित
ताजा खबर
- १बालेन सरकारको सय दिन, प्रशासनिक सुधार, सार्वजनिक सेवाप्रवाहमा जोड
- २कांग्रेसको इतर पक्षले २२ गतेदेखि चुनदेवीस्थित नयाँ कार्यालयबाट काम गर्ने
- ३शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्न गगनको सुझाव
- ४बालेन सरकार ऐनले नचिनेका व्यक्तिको स्वेच्छाचारी शासन भएको एमालेको निष्कर्ष
- ५जनताले महशुस हुनेगरी काम गर्न नसकेको हर्कराज राईको जिकिर



तपाईको कमेन्ट लेख्नुहोस्