एकैदिन ९८० जनामा कोरोना संक्रमण पुष्टि, १८१४ जना डिस्चार्ज
काठमाडौं । पछिल्लो २४ घण्टामा ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ३ सय ८२ नमुना परीक्षण गर्दा २ सय ९० महिला र ६ सय ९० पुरुषमा संक्रमण पुष्टि भएको हो । योसँगै कुल संक्रमितको संख्या ४६ हजार २ सय ५७ पुगेको छ । उनीहरुमध्ये २ सय ८९ जनाको मृत्यु भएको छ भने २८ हजार ९ सय ४१ जना कोरोना मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १ हजार ८ सय १४ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कुन जिल्लामा कति थपिए संक्रमित
काठमाडौं उपत्यकामा ३ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंका २ सय ९०, ललितपुर र भक्तपुरमा ३२/३२ जना छन् । यस्तै सुनसरीका ८६ जना, बाराका ७३, सुर्खेतका ४४, रुपन्देहीका ३५, चितवनका ३०, मोरङका २९, झापाका २८, पर्साका २५, स्याङ्जाका २२, कास्की र कैलालीका २१/२१ जना, पाल्पाका १९, नवलपुरका १२, सप्तरी, अर्घाखाँची र अछामका ११/११ जना, धनुषा, धादिङ र बझाङका १०/१० जना संक्रमित भएका छन् ।
रौतहटका ८ जना, दोलखा र तनहुँका ७/७ जना, संखुवासभा, सिराहा, बर्दिया र बाँकेका ६/६ जना, सर्लाही, गोरखा र जुम्लाका ५/५ जना, कपिलवस्तु र प्युठानका ४४ जना, महोत्तरी, दाङ, बाग्लुङ र कञ्चनपुरका ३/३ जना, सिन्धुली, नवपरासी, लमजुङ, जाजरकोट, दैलेख र डडेलधुराका २/२ जना तथा उदपयुर, ओखलढुंगा, ताप्लेजुङ, भोजपुर, काभ्रे, सिन्धुपाल्चोक र कालीकोटका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको परिवारका एक सदस्यलाई कोरोना भाइरसको संक्रमण भएको छ। परिवारका एक सदस्यलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि मन्त्री ढकाल क्वारेन्टिनमा बसेका छन्। क्वारेन्टिनमा बसेका मन्त्रीले मन्त्रालयको काम घरबाटटै गरिरहेका छन्। तीन दिन अगाडि उनको परिवारका सदस्यमा संक्रमण पुष्टि भएको थियो।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #कोरोना संक्रमण
ताजा खबर
- १बालेन सरकारको सय दिन, प्रशासनिक सुधार, सार्वजनिक सेवाप्रवाहमा जोड
- २कांग्रेसको इतर पक्षले २२ गतेदेखि चुनदेवीस्थित नयाँ कार्यालयबाट काम गर्ने
- ३शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्न गगनको सुझाव
- ४बालेन सरकार ऐनले नचिनेका व्यक्तिको स्वेच्छाचारी शासन भएको एमालेको निष्कर्ष
- ५जनताले महशुस हुनेगरी काम गर्न नसकेको हर्कराज राईको जिकिर



तपाईको कमेन्ट लेख्नुहोस्