निषेधाज्ञा जारी भएपनि काठमाडौं उपत्यकामा घटेन कोरोना संक्रमण,झनै् बढ्दो
काठमाडौं । उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा जारी गरेको तीन साता पुग्न लाग्यो ।कोरोना नियन्त्रण तथा रोकथामका लागि भन्दै निषेधाज्ञा गरेपनि संक्रमणदर भने झनै बढेको छ । निषेधाज्ञा गर्दा करिव एक/दुई सयको हाराहारीमा रहेको संक्रमणदर अहिले भने ४ सय नाघेको छ । शनिबार मात्रै काठमाडौँ उपत्यकामा ४ सय ८ जना कोरोना संक्रमित थपिएका छन्।
पछिल्लो २४ घण्टामा काठमाडौँमा ३ सय २६, भक्तपुरमा ४५ र ललितपुरमा ३७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो । देशभर थप १ हजार ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि हुँदा झण्डै आधा काठमाडौं उपत्यकाका छन् । नेपालमा कोरोना संक्रमितको कुल संख्या ४५ हजार २ सय ७७ पुगेको छ।
शनिबार कुन जिल्लाका कति थपिए त संक्रमित
इलाममा १, उदयपुर ३, ओखलढुङ्गामा २ झापामा ७, मोरङमा ३५, सुनसरीमा २०, धनुषामा ७, पर्सामा १०, बारामा १३, महोत्तरीमा २६, सप्तरीमा २०, सर्लाहीमा १७, सिरहामा ४१, काठमाडौँमा ३२६, काभ्रेमा ६, चितवनमा ४५, दोलखामा ६, धादिङमा १०, नुवाकोटमा १, भक्तपुरमा ४५, मकवानपुरमा ३५, रामेछापमा ५, ललितपुरमा ३७, र सिन्धुलीमा २ जनामा कोरोना पुष्टि भएको छ।
यस्तै, कास्कीमा २३, गोरखामा १७, तनहुँमा ३, नवलपरासीपूर्वमा ५, पर्वतमा १, लमजुङमा २२, बागलुङमा ६, स्याङ्जामा ३, अर्घाखाँचीमा १, कपिलवस्तुमा १, गुल्मीमा ६, दाङमा ३९, नवलपरासीमा १३, पाल्पामा ३, प्यूठानमा १, बर्दियामा ७, बाँकेमा ६२, रुपन्देहीमा ७१, रोल्पामा १, जाजरकोटमा ३, दैलेखमा ३, सल्यानमा २, कञ्चनपुरमा ५, कैलालीमा ४, डडेल्धुरामा १, डोटीमा २ र बझाङमा १६ कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
त्यस्तै, एकैदिन कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तीन महिला र ६ पुरुष छन्। मोरङकी ४३ वर्षीया, मकवानपुरकी ५२ वर्षीया र नवलपरासीकी ३७ वर्षीया महिला तथा पर्साका ७५ वर्षीय, महोत्तरीका ७८ वर्षीय, काठमाडौँका ४१, ५९ र ४५ वर्षीय र रुपन्देहीका ४० वर्षीय पुरुषको कोरोनाबाट ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ सय ८० पुगेको छ।
शनिबार १ हजार ५ सय ६६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २७ हजार १ सय २७ पुगेको छ। पछिल्लो २४ घण्टामा १२ हजार ४ सय ७३ जनाको पीसीआर परीक्षण गरिएको छ। देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ८ सय ७० रहेको छ। हाल क्वारेन्टिनमा ६ हजार ५ सय ६१ जना रहेको मन्त्रालयले जनाएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #उपत्यकाका, #कोरोना संक्रमण
ताजा खबर
- १विशेष महाधिवेशनमा जाने सर्वसम्मत निर्णयले पार्टीलाई फुटबाट बचाउँछ : कोइराला
- २दुर्गा प्रसाईं पक्राउपछि उपत्यकामा सुरक्षा व्यवस्था कडा
- ३मुख्यमन्त्री यादवलाई काम गर्न नदिइएको भन्दै प्रदर्शन
- ४संक्रमणकालिन अवस्थाको गम्भीर असर मुलुकको आर्थिक वृद्धिदरमा पर्ने
- ५५ हजार कैदी अझै फरारः खोजतलासका लागि कार्यदल गठन



तपाईको कमेन्ट लेख्नुहोस्