कहिले आउँछ मल ? धान भित्र्याएपछि…

काठमाडौं । बर्षेनी मलको अभाव खेप्दै आएका किसानहरु यसबर्ष झनै् सास्ती खेप्न बाध्य भएका छन् । ठेकेदार कम्पनीको बेइमानीका कारण समयमै मल ल्याउन नसक्दा किसानलाई छटपटाई रहेका छन् । मल आयो कि भन्दै दैनिक बिभिन्न जिल्लाका डिपो केन्द्रमा किसानहरुको लाइन नै लाग्छ । तर, मल आएन भन्दै साँझ फर्किनुपर्ने बाध्यता उनीहरुको दैनिकी बनेको छ । खेतवारीमा धान पसाउने बेला भैसक्यो तर, किसानहरुले रासायनिक मल अझै छर्न पाएका छैनन् । यसबर्ष समयमै मनसुन सक्रिय भएका कारण धान उत्पादन हुनेमा किसानहरु ढुक्क र खुशी पनि थिए । तर, ठेकेदार कम्पनीहरुको बद्मासीका कारण यतिबेला किसानहरुले हैरानी खेपिरहेका छन् ।
मोरङमा ५० हजार टन मल ल्याउने सम्झौता गरेका ठेकेदार शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको होनिको मल्टिपलले खेतीको सिजनमा एक बोरा पनि मल ल्याएका छैनन् । जसका कारण खेतमा लगाएको बालीमा गोभरा, राते जस्ता धानमा लाग्ने रोगका कारण बाली नष्ट हुदै गएको भन्दै किसान चिन्तित छन् । सरकारले ५० हजार टन युरिया ल्याउन लागि कृषि सामग्री कम्पनीमार्फत गत पुस र माघमा टेन्डर आह्वान गरेको थियो । मलको टेन्डरमा सधैँ अन्तर्राष्ट्रिय कम्पनीहरू सहभागी हुने र तिनका नेपालस्थित एजेन्ट सक्रिय हुने गरेका थिए । तर, यसपटक दुई नेपाली कम्पनी शैलुङ इन्टरप्राइजेज र होनीका कम्पनीले तुलनात्मक रूपमा न्यून मूल्यमा टेन्डर हात पारे ।
सस्तोमा बोलकबोल गरेपछि उनीहरूलाई ठेक्का दिनुपर्ने बाध्यता सरकारको थियो । तर ठेक्का पाएपछि काममा ढिलासुस्ती गरेका कारण मलको हाहाकार भएको छ । निर्माण क्षेत्रमा धेरै आयोजना अलपत्र पारेको शैलुङले प्रतिटन ३२० दशमलव २५ डलरमा रासायनिक मल आयात गर्ने गरी टेन्डर हात पारेको थियो । त्यस्तै निर्माण क्षेत्रकै अर्को विवादास्पद बिकोई कन्स्ट्रक्सनका सञ्चालक हुमनाथ कोइरालाले होनिको कम्पनीका तर्फबाट ३०९ दशमलव ९० डलर प्रतिटनमा मल ल्याउने गरी ठेक्का पाएपनि अहिलेसम्म एक बोरा पनि मल आएको छैन् ।
अनौठो त के छ भने पहिलो टेन्डरको मल ल्याउन नसकेको शैलुङलाई चालू आर्थिक वर्ष मोरङमा पछिल्लो समय विराटनगर महानगर पालिका सहित केही स्थानिय तहमा साल्ट्र्रेनिङ कर्पोरेसनले मल उपलव्ध गराएपनि त्यो पर्याप्त छैन । जसका कारण घण्टौ लाईनमा वसेर पनि किसानहरु रितैहात फर्किनु पर्ने अवस्था छ । कृषि भण्डारले १०० बोरा युरिया मल प्रतिकिसान २० केजीका दरले विक्रि गर्नका लागि ल्याएको भएतापनि मल लिन आउने किसानको सख्या भने दोव्बर रहेको छ । तर, सरकार भने बल्ल धानको मुख्य सिजनमा रासायनिक मलको तीव्र अभाव भएपछि बंगलादेशबाट मल ल्याउने भन्दै प्रधानमनत्री केपी शर्मा ओली नै सक्रिय भएका छन् । तर, मल कहिले आउँछ अझै टुंगो छैन् ।
क्याटेगोरी :
अर्थ,
जनगुनासो,
समाचार
ट्याग : #मलको अभाव
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्