एकैदिन देशभर १३ सय ५९ संक्रमित थपिदा १३ सय ५४ जना निको
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ३ सय ५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा महिला ४ सय ६४ र पुरुष ८ सय ९५ रहेका छन् । यससँगै देशभर कुल संक्रमितको संख्या ४४ हजार २ सय ३६ पुगेको छ । काठमाडौं उपत्यकामा मात्रै ४ सय ५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
काठमाडौंमा ३ सय ८६, ललितपुरमा ३२ र भक्तपुरमा ३६ जनामा संक्रमण पुष्टि भएको जानकारी स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए । यसअघि बिहीबार उपत्यकामा ४ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ७ सय ४ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा १० हजार ९ सय ४२ जना रहेका छन् भने होम आइसोलेशनमा ७ हजार ४६२ जना रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा १ हजार ३ सय ५४ जना निको भएका छन् भने कुल निको हुनेको संख्या २५ हजार ५ सय ६१ पुगेको छ। पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट थप १४ जनाले ज्यान गुमाएका छन् । मृतकमा महिला ४ र पुरुष १० जना रहेका छन् । थप १४ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या २ सय ७१ पुगेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #आइसोलेशन, #कोरोनाभाइरस
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्