काठमाडौं उपत्यका प्रबेशमा थप कडाई, नेगेटिभ पिसिआर रिपोर्ट अनिवार्य
काठमाडौं । उपत्यकाका तीन जिल्ला प्रवेश गर्न कोरोना संक्रमण परीक्षण अनिवार्य गरिएको छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले बुधबार एकै व्यहोराको निषेधाज्ञाको आदेश जारी गर्दै अत्यावश्यक कामका लागि काठमाडौं उपत्यका प्रवेश गर्दा पीसीआर रिपोर्ट अनिवार्य नेगेटिभ भएको हुनुपर्ने व्यवस्था गरी प्रबेशमा थप कडाई गरेका छन् । ‘अत्यावश्यक कार्यको लागि उपत्यका भित्रिने व्यक्तिहरुको पीसीआर रिपोर्ट अनिवार्य नेगेटिभ भए मात्रै प्रबेश पाइनेछ अन्नेथा नाकाबाटै फिर्ता पठाइने भएको हो ।
औषधि, खाद्यवस्तु, पेट्रोलियम पदार्थ, तरकारी, फलफूल, दूध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टिन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन, अस्पताल आउने जाने बिरामी, दाहसंस्कारका लागि अनिवार्य सहभागी हुनुपर्नेजस्ता कामलाई सरकारले अति आवश्यक सेवामा राखेको छ । जिल्ला प्रशासनको निर्णयअनुसार यी कामका लागि काठमाडौं उपत्यका आउनेले पनि अनिवार्य पीसीआर नेगेटिभ भएको रिपोर्ट पेश गर्नुपर्नेछ ।
अत्यावश्यक सामग्री ढुवानीमा प्रयोग भएका सवारी साधन, निर्माण सामग्री बोकेका सवारी साधन, भन्सार जाँचपास गरी आएका मालबाहक सवारी साधन, स्वास्थ्यकर्मी र सुरक्षा निकायले प्रयोग गर्ने सवारी काठमाडौंलाई उपत्यका प्रवेश गर्न पाउनेछन् । तर ती सवारी साधनका ड्राइभर र सहयोगी अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने ब्यवस्था पनि गरिएको छ ।
निषेधाज्ञाको आदेशअनुसार हवाई उडानबाट विदेश जानेहरुले पासपोर्ट, भिसा, स्वीकृत हवाई टिकट देखाएमा र पीसीआर परीक्षण सुविधा नभएको स्थानबाट काठमाडौं आउनुपरेमा काठमाडौंमा सुरक्षित रुपमा बस्ने स्थानको सुनिश्चितता पनि गर्नुपर्नेछ । त्यस्तै, साथमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयको सिफारिस अनिवार्य देखाउनुपर्ने पनि ब्यवस्था गरिएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #परीक्षण अनिवार्य, #पीसीआर नेगेटिभ
ताजा खबर
- १बालेन सरकारको सय दिन, प्रशासनिक सुधार, सार्वजनिक सेवाप्रवाहमा जोड
- २कांग्रेसको इतर पक्षले २२ गतेदेखि चुनदेवीस्थित नयाँ कार्यालयबाट काम गर्ने
- ३शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्न गगनको सुझाव
- ४बालेन सरकार ऐनले नचिनेका व्यक्तिको स्वेच्छाचारी शासन भएको एमालेको निष्कर्ष
- ५जनताले महशुस हुनेगरी काम गर्न नसकेको हर्कराज राईको जिकिर



तपाईको कमेन्ट लेख्नुहोस्