कोरोनाबाट मृत्यु हुने ब्यक्ती बढी कुन समुहका
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २ सय ८१ पुग्दा कोरोनाबाट पहिलो व्यक्तिको मृत्यु भएको थियो । सिन्धुपाल्चोक बाह्रेबिसेकी २९ वर्षीया महिलाको जेठ ३ गते मृत्यु भएको थियो । भदौ १३ गतेसम्म आइपुग्दा संक्रमितको संख्या ३८ हजार ५ सय ६१ पुगेको छ भने मृत्यु हुनेको संख्या २ सय २१ पुगेको छ । मृत्युदर केलाउँदा ८० वर्षभन्दा माथिका संक्रमितको मृत्युदर धेरै छ । अहिलेसम्म संक्रमितमध्ये ८० वर्षमाथिका एक सय आठ जना छन् । उनीहरूमध्ये ११ जना अर्थात १० प्रतिशतको मृत्यु भएको छ । त्यस्तै ६० देखि ८० वर्षसम्मका एक हजार तीन सयभन्दा धेरै जना संक्रमित भएका छन् । यो उमेरसमूहका संक्रमिमध्ये ६६ जना अर्थात ५ प्रतिशतको मृत्यु भएको छ ।
४० देखि ६० वर्ष उमेरसमूहका सात हजारभन्दा धेरै जना संक्रमित हुदा ८० जना अर्थात १ दशमलव १३ प्रतिशतको मृत्यु भएको छ । सबैभन्दा बढी संक्रमित २० देखि ४० वर्ष उमेरका छन् । यो समूहमा २२ हजारभन्दा धेरै संक्रमित हुँदा २९ जनाको मृत्यु भएको छ । नेपालमा काम गर्न सक्ने उमेरका युवाहरु भारत गएका र त्यहाँबाट फर्किदा संक्रमित भएको हुनाले यस्तो तथ्याङ्क आएको जनस्वास्थ्यविद् पाण्डे बताउँछन् ।
यसैगरी १० देखि २० वर्ष उमेर समूहका चार हजार तीन सयभन्दा धेरै संक्रमित हुँदा शुन्य दशमलव ११ प्रतिशतको मृत्यु भएको छ । त्यस्तै १० वर्षभन्दा मुनिका करिब एक हजार चार सय बालबालिका संक्रमित भएकोमा चार जना अर्थात शून्य दशमलव २९ प्रतिशतको मृत्यु भएको छ । उमेरअनुसार मृत्युदर हेर्दा रोगप्रतिरोधी क्षमता बढि भएका उमेर समुहको मृत्युदर कम देखिन्छ । तर संक्रमण भने रोगप्रतिरोधी क्षमता बढि भएको उमेर समुहका व्यक्तिमा नै धेरै देखिएको छ । संक्रमितमध्ये ३० हजारभन्दा धेरै पुरुष र करिब ८ हजारबढी महिला रहेका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #कोरोना संक्रमित, #सिन्धुपाल्चोक
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्