सभापति देउवा बिभागमा नियुक्ति गर्न ब्यस्त, बरिष्ठ नेता पौडेल अनसनको तयारी
काठमाडौं । प्रमुख प्रतिपक्षीदल नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले १४ औँ महाधिवेशनलाई प्रभावित पार्ने गरी चरणबद्ध आफू अनुकूलका निर्णय गरेको भन्दै पौडेल पक्षले असन्तुष्टि जनाएको छ । देउवाले मनोमानी निर्णय गरेका जिल्लाहरूमा पहिलो चरणमा अनसशन बस्ने सम्मको चेतावनी पौडेल पक्षले दिएको छ । डडेल्धुरा, ओखलढुंगा सिन्धुपाल्चोक,रसुवा, सर्लाही जस्ता ११ जिल्लामा अझै सदस्यता फर्म नपठाईएको र सदस्य नै नभएकोलाई विभागमा जिम्मेवारी दिने जस्ता काम भएपछि बिरोधमा उत्रन बाध्य भएको नेपाली काँग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारीको दाबी छ । नेता भण्डारीले सभापती देउवा नेपाली काँग्रेस पार्टीको बिरासत जोगाउन असफल हुनु भएकोले बाध्य भएर आन्दोलनमा उत्रनु परेको बताए । विधानले महाधिवेशनको दुई महिनामा पार्टीका संरचनालाई पूर्णता दिनुपर्ने र संशोधित व्यवस्थाले ६ महिनाको समय दिए पनि सभापतिले महाधिवेशनको मुखमा पार्टी कब्जा गर्ने नियतले काम गरेको भन्दै पौडेल पक्षले प्रतिरोधमा उत्रिने चेतावनी दिएको हो ।
विधानले २८ विभाग भनेकोमा अहिले ४७ बिभाग बनाईएको र आफुहरुले पटक–पटक यस्ता गलत काम सच्याउन ध्यानाकर्षण गराए पनि सभापतिले नटेरेकाले केन्द्रदेखि जिल्ला सम्मै आन्द्योलन गर्नुपर्ने बाध्यता रहेको पौडेल निकट नेताहरुको भनाई छ । यता सभापति निकटका नेता डा. प्रकाशशरण महत भने दोस्रो चरणको लकडाउनपछि केन्द्रीय समितिको बैठक बसेर महाधिवेशनको तयारीका कामलाई अघि बढाईने बताए ।
यसअघि पौडेल पक्षले गत १५ साउनमा देउवाको कार्यशैली विधान सम्मत नभएको भन्दलिखित ध्यानाकर्षण बुझाएको थियो । लिखित रूपमा पाँच बुँदे ज्ञापनपत्र बुझेकै दिन देउवाले एकल निर्णयमा चार सय ७९ सदस्यीय ज्येष्ठ राजनीतिक सभा गठन गरेका थिए । तर सभापती पक्षले भने बारम्बार बिभिन्न बिभागमा नियुक्तिका लागि नाम मागे पनि नदिए पछि मात्रै कोटा खाली राखेर नियुक्ति गर्दै आईरहेको बताउँदै आएको छ । अबिधेशन नजिकिदै गर्दा पार्टी सभापती देउवा र बरिष्ठ नेता पौडेल पक्षबिचको द्धन्द भने चर्कदै गएको छ । यसले महाधिबेशन प्रभाबीत हुने खतरा बढेर गएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #प्रतिपक्षीदल, #बरिष्ठ नेता पौडेल अनसन, #महाधिवेशन
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्