३५ जिल्लामा पूर्ण र १३ जिल्लामा आंशिक निषेधाज्ञा
काठमाडौं । यतिबेला कोरोना भाइरसको संक्रमण तिब्र रुपमा बढिरहेको छ । सर्वसाधारणको थप हेलचेक्र्याई बढेपछि कोरोना संक्रमितको संख्या पनि बढिरहेको छ । कोरोना रोकथाम र नियन्त्रणका लागि काठमाडौं उपत्यकामा पनि एकसाता निषेधाज्ञा गरिएको छ । अहिलेसम्म कोरोना भाइरसको महामारी नियन्त्रणका लागि देशभर ३५ जिल्लामा पूर्ण र १३ जिल्लामा आंशिक निषेधाज्ञा लागू भइरहेको गृह मन्त्रालयले जनाएको छ।
सप्तरी, धनुषा, नुवाकोट, बाँके, पर्सा, बारा, महोत्तरी, सुनसरी, सर्लाही, जुम्ला, ललितपुर, भक्तपुर, काठमाडौं, रौतहट, मकवानपुर, धादिङ, धनकुटा, तनहुँ, उदयपुर, सुर्खेत, चितवन, दोलखा, नवलपरासी पश्चिम, सिन्धुपाल्चोक, बागलुङ, गोरखा, कास्की, सिराहा, मोरङ, दार्चुला, झापा, मोरङ, दार्चुला, रुपन्देही, अर्घाखाँची, स्याङ्जा, पाल्पा, रामेछाप, कैलाली, प्युठान, दैलेख, गुल्मी, कन्चनपुरमा पनि निषेधाज्ञा जारी गरिएको छ ।
त्यस्तै, डडेलधुरा, कालिकोट, तेह्रथुम, संखुवासभा, बैतडी, जाजरकोट र रुकुम पश्चिममा पूर्ण र आंशिक निषेधाज्ञा रहेको गृह मन्त्रालयले जनाएको छ। सरकारले गत साउन ६ गतेबाट देशब्यापी लकडाउन हटाएपनि कोरोना संक्रमण बढ्दै गएपछि स्थानीय प्रशासनले आवश्यकता हेरेर निषेधाज्ञा जारी गरिरहेका छन्। लकडाउन तथा निषेधाज्ञाका कारण सर्वसाधारणको दैनिकी समेत कठिन परेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #निषेधाज्ञा
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्