कोरोना महामारी नियन्त्रणमा आउन दुई वर्ष लाग्छ : डब्लुएचओ
काठमाडौं । ८ महिनादेखि फैलिएको कोरोना भाइरस नियन्त्रणमा आउन अझै दुई बर्ष लाग्ने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । डब्लुएचओका महानिर्देशक डाक्टर टेडरोज आध्यनोम गेब्रेयेसोसले शुक्रबार जेनेभामा सन् १९१८ मा स्पेनिस फ्लूको महामारी नियन्त्रणमा आउन दुई वर्ष लागेको स्मरण गर्दै कोरोना भाइरसको सवालमा पनि सोही अपेक्षा गर्न सकिने बताएका छन् । तर, अहिले रहेको प्राविधिक सक्षमताले कम समयमै भाइरस नियन्त्रणमा लिन पनि सकिने उनले दाबी गरेका छन् ।
अझै भाइरस थप फैलिने सम्भावना रहेको भन्दै अलिहे भएको प्रविधिले रोक्न सकिने दाबी गरे । उनले कोरोना भाइरस विरुद्धको अभियानमा सफलता पाउनका लागि राष्ट्रिय एकता तथा विश्वव्यापी सहकार्य अत्यावश्यक रहेकोमा पुनः दोहोर्याएका छन् । सन् १९१८ को स्पेनिस फ्लूका कारण कम्तीमा पाँच करोड मानिसको ज्यान गएको थियो । कोरोना भाइरसका कारण विश्वभर अहिलेसम्म झण्डै ८ लाख मानिसको ज्यान गएको छ । यस्तै दुई करोड २७ लाख भन्दा बढी मानिस विश्वभर संक्रमित भएका छन्।
पत्रकार सम्मेलनमा डब्लुएचओका प्रमुख डाक्टर टेडरोजले पीपीईमा भएको भ्रष्टाचारलाई आपराधिक क्रियाकलाप भएको समेत बताएका छन् । उनले कुनै पनि प्रकारको भ्रष्टाचार स्वीकार्य नरहेको बताएका छन्। विश्वका विभिन्न देशमा महामारीकै बेला पीपीईसहितका सामग्री खरिदका बेला भ्रष्टाचार भएका घटना सार्वजनिक भएका छन्।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, विदेश, समाचार
ट्याग : #कोरोना भाइरस, #डब्लुएचओ
ताजा खबर
- १प्रचण्डसँग बिदा माग्दै जनार्दनले भने– अहिले आउँदिनँ, आवश्यक परे पछि मिलौँला
- २जेन–जी आन्दोलनमा मृत्यु भएका ४५ जना शहीद घोषणा
- ३एनआईसी एसिया बैंकको सीईओमा सुजितकुमार शाक्य नियुक्त
- ४सार्वजनिक खर्चमा मितव्ययिता कायम गरी सार्वजनिक कोषको प्रभावकारी उपयोग गर्न प्रधानमन्त्रीको निर्देशन
- ५एमाले निर्वाचनबाट भाग्दैनः शंकर पोखरेल



तपाईको कमेन्ट लेख्नुहोस्