कोरोना महामारी नियन्त्रणमा आउन दुई वर्ष लाग्छ : डब्लुएचओ
काठमाडौं । ८ महिनादेखि फैलिएको कोरोना भाइरस नियन्त्रणमा आउन अझै दुई बर्ष लाग्ने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । डब्लुएचओका महानिर्देशक डाक्टर टेडरोज आध्यनोम गेब्रेयेसोसले शुक्रबार जेनेभामा सन् १९१८ मा स्पेनिस फ्लूको महामारी नियन्त्रणमा आउन दुई वर्ष लागेको स्मरण गर्दै कोरोना भाइरसको सवालमा पनि सोही अपेक्षा गर्न सकिने बताएका छन् । तर, अहिले रहेको प्राविधिक सक्षमताले कम समयमै भाइरस नियन्त्रणमा लिन पनि सकिने उनले दाबी गरेका छन् ।
अझै भाइरस थप फैलिने सम्भावना रहेको भन्दै अलिहे भएको प्रविधिले रोक्न सकिने दाबी गरे । उनले कोरोना भाइरस विरुद्धको अभियानमा सफलता पाउनका लागि राष्ट्रिय एकता तथा विश्वव्यापी सहकार्य अत्यावश्यक रहेकोमा पुनः दोहोर्याएका छन् । सन् १९१८ को स्पेनिस फ्लूका कारण कम्तीमा पाँच करोड मानिसको ज्यान गएको थियो । कोरोना भाइरसका कारण विश्वभर अहिलेसम्म झण्डै ८ लाख मानिसको ज्यान गएको छ । यस्तै दुई करोड २७ लाख भन्दा बढी मानिस विश्वभर संक्रमित भएका छन्।
पत्रकार सम्मेलनमा डब्लुएचओका प्रमुख डाक्टर टेडरोजले पीपीईमा भएको भ्रष्टाचारलाई आपराधिक क्रियाकलाप भएको समेत बताएका छन् । उनले कुनै पनि प्रकारको भ्रष्टाचार स्वीकार्य नरहेको बताएका छन्। विश्वका विभिन्न देशमा महामारीकै बेला पीपीईसहितका सामग्री खरिदका बेला भ्रष्टाचार भएका घटना सार्वजनिक भएका छन्।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, विदेश, समाचार
ट्याग : #कोरोना भाइरस, #डब्लुएचओ
ताजा खबर
- १प्रधानमन्त्री र गृहमन्त्रीले पनि ट्राफिक नियम उलंघन गरेका छन्, कारबाही हुनुपर्छः ज्ञानबहादुर शाही
- २इरानसँगको सम्झौता समाप्त भएको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी
- ३मानव अधिकार आयोगले सिफारिस गरेका प्रतिबेदन कार्यान्वयनमै सरकारको आलटाल
- ४खानेपानी योजनामा सुस्तता र समन्वय अभावप्रति सांसदहरुको चिन्ताः ‘एक घर, एक धारा’ अभियानलाई प्रभावकारी बनाउन माग
- ५सभामुखलाई प्रयोग गरिएको शब्दले प्रतिनिधिसभा बैठक नै प्रभावित



तपाईको कमेन्ट लेख्नुहोस्