खल्लो तीज,घर–घरमै मनाइयो, कोठामै नाचियो
काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज महादेवको पूजा आराधना गरी मनाइएको छ । आजको दिन व्रत बसी शिव–पार्वतीको पूजा उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास छ । तर पनि कोरोना महामारीले पशुपति लगायतका शिवालय बन्द रहदा पहिलो पटक घर–घरमा बसेर तीज मनाएका छन् । सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएको धार्मिक विश्वाससहित भाद्र शुक्ल तृतीयाका दिनमा तीज पर्व मनाउने परम्परा रहेको छ ।
आजको दिनमा शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वासका कारण देशभरका शिवालयमा हिन्दु नारीहरुको भीडभाड हुने भएपनि कोरोना महामारीका कारण सुनशान थियो । कोरोना भाइरस संक्रमणको जोखिमका कारण यस वर्ष तीजमा सामूहिक भेला हुन रोक लगाइएपछि व्रतालुहरु डराई डराई छिटपुट रुपमा शिवालय पुगेका थिए । श्रीमानको अटल सौभाग्यको कामना, सन्तान प्राप्तिका लागि, अविवाहित केटी एवं केटाहरुले असल वर र बधु प्राप्तिका लागि पनि तीजको व्रत बस्ने शास्त्रीय विश्वास रहेको छ ।
मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि तिजको व्रत बस्ने धार्मिक बिश्वासलाई हिन्दु नारिहरुले जजस्ता अभाव र समस्यामा पनि निरन्तरता दिदै आएका छन् । तिजको अघिल्लो दिन व्रतालुहरुले मीठा–मीठा परिकार दरका रुपमा खाई भाद्र शुक्ल तृतियाका दिन व्रतका लागि पूर्व तयारी गर्छन् । विशेषगरी माइती एवं दाजुभाइले छोरीचेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने प्रचलन भएपनि कोरोना महामारीर सरकारबाट जारी निषेधाज्ञका कारण घरमै सिमित हुनुपरेको छ ।
तीजको अवसरमा महिलाहरुले वर्षदिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई गीतका माध्यमबाट सार्वजनिक पनि गर्दछन् । बिहीबार दर खाएपछि औपचारिक रुपमा शुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धती सहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #खल्लो तीज, #भाद्र शुक्ल तृतीया, #शिव–पार्वती
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्