नेकपामा फेरि खटपट, नयाँ नियुक्ति खारेज गर्न दाहाल पक्षको माग
काठमाडौं । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति अर्का अध्यक्ष पुष्पकमल दाहालले फेरि असन्तुष्टि जनाएका छन् । विहिबार विहान बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भएको भेटमा अध्यक्ष दाहालले पार्टीभित्रको समस्या समाधान गर्न कार्यदल गठन गरी त्यसले प्रतिवेदन तयार पारिरहेका बेला धमाधम राजनीतिक नियुक्ति हुन थालेपछि कार्यशैलीप्रति पुनः असन्तुष्टि जनाएका हुन् ।
भेटमा अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीलाई पछिल्ला नियुक्तिप्रति असन्तुष्टि जनाउँदै ती नियुक्ति तत्काल खारेज गर्न सुझाव दिए । उत्कर्षमा पुगेको नेकपा विवाद समाधानतर्फ उन्मुख भइरहेका बेला ओली सहमति विपरीत अघि बढेपछि दाहालले आफ्नो प्रतिवद्धतामा टिक्न आग्रह गरेका हुन् । जवाफमा प्रधानमन्त्री ओलीले पूर्व निर्धारित भइसकेका विषयलाई मात्रै क्याबिनेटले निर्णय गरेको जानकारी दिनुभएको थियो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा राजनीतिक नियुक्ति गर्ने निर्णय गरेको बताएका थिए ।
सरकारले प्रेस काउन्सिलको कार्यबाहक अध्यक्षमा दुर्गा भण्डारी, युवा तथा साना व्यवसायी स्वरोजगार कोषको उपाध्यक्षमा डाक्टर देवराज रोक्का र समाज कल्याण परिषदको कोषाध्यक्षमा लोकमान सुवेदीलाई नियुक्त गरेको थियो । भण्डारी नियुक्ति भने सर्वोच्च अदालतले कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ।
त्यस्तै सरकारले राजश्व बोर्डको अध्यक्षमा पूर्वसचिव महेश दाहाल र सदस्यमा पूर्वसहसचिव निर्मलहरि अधिकारीलाई नियुक्त गरेको थियो । नियुक्ति पाउनेहरुमा सबै ओली निकट भएको बताइएको छ । बनेको सहमतिले ठोस आकार ग्रहण नगर्दै ओलीले अवज्ञा गरेपछि दाहालसहित वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठले असन्तुष्ट जनाएका हुन् ।
क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #नेकपा, #प्रधानमन्त्री ओली
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्