विश्वमा एकैदिन २ लाख ६२ हजार ६९६ जनामा कोरोना संक्रमण, कुल संक्रमित २ करोड २५ लाख नाघ्यो
काठमाडौं । विश्वमा एकैदिन कोरोना भाइरसबाट २ लाख ६२ हजार ६ सय ९६ जना संक्रमित भएका छन् । यो सँगै विश्वमा कोरोना संक्रमितको संख्या २ करोड २५ लाख ६८ हजार २ सय ८२ पुगेको छ । एकै दिन थप ६ हजार ५ सय जनाको मृत्यु भएपछि कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ७ लाख ९० हजार ७ सय ८८ पुगेको छ । संक्रमितमध्ये १ करोड ५२ लाख ९१ हजार ७ सय २ जना उपचारपछि निको भएका छन् ।
त्यस्तै, भारतमा कोरोना भाइरस संक्रमितको संख्या २८ लाख नाघेको छ । भारतमा एकैदिन ६९ हजार १९६ जना संक्रमित भएसँगै संक्रमितको संख्या २८ लाख ३५ हजार ८ सय २२ पुगेको हो ।संक्रमितमध्ये अहिलेसम्म २० लाख ९६ हजार ६८ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ८५ हजार ७ सय ६० जनाको उपचार भइरहेको छ । एकैदिन ९ सय ८० जनाको मृत्यु हुँदा ५३ हजार ९ सय ९४ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् ।
त्यस्तै, अमेरिकामा कोरोना भाइरसको संक्रमणले १ लाख ७६ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १ हजार १ सय ८९ जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या १ लाख ७६ हजार २ सय ६३ पुगेको छ ।एकैदिन थप ४३ हजार १९४ जनामा संक्रमण पुष्टि भएपछि अमेरिकामा कोरोना संक्रमितको संख्या ५६ लाख ९९ हजार १ सय ६८ पुगेको छ। संक्रमितमध्ये अहिलेसम्म ३० लाख ६० हजार ५१३ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका २४ लाख ६२ हजार ३ सय ६५ जनामध्ये १६ हजार ९ सय ६९ जनाको अवस्था गम्भीर छ ।
क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, विदेश, समाचार
ट्याग : #कोरोना भाइरस, #विश्वमा कोरोना
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्