नेकपाभित्रको विवाद भागबण्डामै मिल्दै, सोमबार बोलाइयो सचिवालय बैठक
काठमाडौं । सत्तारुढ दल नेकपाभित्र देखिएको आन्तरिक विवाद अन्तत भागबण्डामै टुंगीने भएको छ । महासचिव बिष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलमा मन्त्रीमण्डल हेरफेर, मुख्यमन्त्री फेरबदल र बिभिन्न निकायमा पदाधिकारी नियुक्तिमा भागबण्डा गर्ने गरी छलफल अगाडि बढेको छ । प्रधानमन्त्री केपी शर्मा ओली एक्लौटी रुपमा अगाडि बढेको, पार्टीको निर्णयलाई बेवास्ता गरेको र सरकारको काम प्रभावकारी नभएको भन्दै करिव ४ महिनादेखि विवादमा रुमल्लिएको नेकपा बागबण्डामै सहमति जुट्ने देखिएको हो ।
कार्यदल गठन भएपछि असन्तुष्ट देखिएका प्रवक्ता नारायणकाजी श्रेष्ठ समेत आइतबार सकरात्मक देखिएका छन् । सामाजिक सञ्जालमा कार्यदल गठन भएपछि पार्टी एकताको रक्षा सुनिश्चित भएको बताएका छन् । उनले पार्टीभित्रका समस्याहरुको समाधान र संकटको निकासका लागि दुई अध्यक्षले कार्यदल गठन गरेको दाबी गरेका छन् ।

भागबण्डाकै आधारमा गठन भएको कार्यदलले छलफल सुरु गरेपछि असन्तुष्ट देखिएका बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनालले सचिवालय बैठक बोलाउन आग्रह गरेका थिए । सोही माग अनुसार सोमबार विहान नेकपाको सचिवालय बैठक समेत बोलाइएको छ । कार्यदल गठनको औपचारिकता पनि सचिवालय बैठकले दिनुपर्ने नेताहरुले माग गरेका छन् ।
सोमबार बस्ने सचिवालय बैठकले कार्यदलले छलफल गर्नुपर्ने थप बिषयबस्तुहरु समेत तय गर्नेछ । स्थायी कमिटि बैठकमा विवाद बल्झिएपछि एक महिनादेखि बस्न नसकेको सचिवालय बैठक कार्यदल गठन भएसँगै बस्न थालेपछि नेकपा बिवाद केही मत्थर भएजस्तो देखिएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #कार्यदल गठन, #भागबण्डामै टुंगीने
ताजा खबर
- १घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह
- २पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचारः ५ पूर्वमन्त्रीसहित ५५ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
- ३सरकारले राष्ट्रिय सभा बैठक आह्वान नगरेकोमा सभामुख घिमिरेको असन्तुष्टि
- ४प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
- ५एकै ठाउँमा ७ गाडी दुर्घटनाः २७ घाइतेको उद्धार, २ को अवस्था गम्भीर



तपाईको कमेन्ट लेख्नुहोस्