सिन्धुपाल्चोकको जुगल पहिरोमा ३६ जना बेपत्ता भएको आशंका, घटनास्थलको फोटो फिचर

काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा गएको भीषण पहिरोमा परेर कम्तिमा ३६ जना बेपत्ता भएका छन् । शुक्रबार बिहान साढे ६ बजे गएको पहिरोले २८ घर पुरेको छ । नौ जना घाइते भएका छन् घाइतेको उद्धारका लागि काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टर सिन्धुपाल्चोक पुगेको छ ।
घाइतेमध्ये चारको अवस्था गम्भीर छ । गाउँको बीच भागबाट खसेको पहिरोले कति घर पुरिए भन्नेबारे अझै एकिन हुन सकेको छैन ।
उद्धारमा खटिएका स्थानीयका अनुसार २८ घरमध्ये २२ घरमा रहेका कम्तीमा ३६ मानिस पहिरोमा पुरिएको जानकारी दिए । उद्धारका लागि सभामुख अग्निप्रसाद सापकोटा घटनास्थल पुगेका छन् ।
उद्धारका लागि प्रहरी घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कात्तिकेमा रहेको प्रहरी चौकीबाट घटनास्थल पुग्न पैदल तीन घण्टा लाग्छ । अहिले पानी पर्न रोकिएपनि पहिरो झरिरहेकाले उद्धारमा कठिनाई भएको छ ।
घटनास्थलको फोटो फिचर–श्रीधर न्यौपानेको फेसबुकबाट
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #फोटो फिचर, #सिन्धुपाल्चोकको जुगल, #हेलिकोप्टर सिन्धुपाल्चोक
ताजा खबर
- १पूर्वराष्ट्रपति भण्डारीलाई विमानस्थलमै ५१ किलोको माला
- २प्रधानमन्त्रीलाई बालेनको आग्रहः लिपुलेक हाम्रो हो भनेर चीनलाई सम्झाउन नबिर्सनुहोस्
- ३रोहितको उत्कृष्ट शतकमा साउथ अष्ट्रेलियामाथि नेपालको जित
- ४आन्दोलनरत उखु किसानले भदौ २५ गतेदेखि अनिश्चितकालिन राजमार्ग बन्द गर्ने
- ५सुनको मूल्यमा रेकर्ड : तोलाकै २ लाख नाघ्यो
तपाईको कमेन्ट लेख्नुहोस्