Techie IT
  • १७ भदौ २०८२, मंगलबार

कोरोनाबाट थप ४ जनाको मृत्यु, उपत्यकाका १२७ सहित देशभर ५२५ जनामा संक्रमण


काठमाडौं । नेपालमा कोरोनाका संक्रमणबाट एकै दिन थप ४ जनाको मृत्यु भएको छ । बिहीबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले थप ४ जनाको मृत्यु भएको जानकारी दिए । महोत्तरीका ४५ वर्षीय पुरुष, धनुषाका ८५ वर्षीया महिला, अछामका १८ वर्षीय पुरुष र मोरङका ५७ वर्षीय पुरुषको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९५ पुगेको मन्त्रालयले जनाएको छ ।

एकै दिन थप ५ सय २५ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौं उपत्यकाका १ सय २७ सहित ५ सय २५ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंका १ सय ११, ललितपुरका ११ र भक्तपुरका ५ गरी १ सय २७ जनामा कोरोना भेटिएको हो ।

देशभर कुल संक्रमितको संख्या २४ हजार ९ सय ५७ पुगेको छ । बिहिबार थप १ सय ९ जना डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या १६ हजार ८ सय ३७ जना पुगेको छ । हाल देशभर ८ हजार २५ जना सक्रिय संक्रमित रहेका छन् भने क्वारेन्टिनमा १४ हजार ७ सय ६९ जना रहेको मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #कोरोनाका संक्रमण, #थप ४ जनाको मृत्यु

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं