पश्चिम रुकुम सोती घटनाका मृतक परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ राहात
काठमाडौं । पश्चिम रुकुम सोती घटनाका मृतकका परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ राहात दिने सरकारले निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद बैठकले पश्चिम रुकुमको सोतीमा भएको घटनामा हत्या गरिएका व्यक्तिका परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ दिने निर्णय गरेको हो। गत जेठ १० गते पश्चिम रुकुमको चौरजहारी ८ सोतीमा भएको घटनामा ज्यान गुमाएका परिवारलाई प्रतिपरिवार १० लाखका दरले राहात दिने निर्णय भएको हो ।
त्यस्तै, घाइतेहरुको सम्पूर्ण खर्चपनि सरकारले व्यहोर्ने पनि निर्णय गरेको छ । घटनामा जाजरकोटको भेरी नगरपालिका ४ का नवराज विक, गणेश बुढामगर र संजीव विकको हत्या भएको थियो। यस्तै भेरी ११ का लोकेन्द्र सुनार र गोविन्द शाही तथा रुकुमको चौरजहारी १ का टिकाराम नेपालीको हत्या भएको थियो।
घटनामा भेरी ४ का लालबहादुर खड्का, मदन शाह, सरोज भडेल, आशिष विक, सुदिप खड्का घाइते भएका छन्।यस्तै भेरी ३ का विभाग पुन, इन्द्रगंज शाही, भेरी १३ का भोला विसी, भेरी ११ का गोविन्द सुनार, भेरी ३ का महेश कार्की, सल्यानको कुमाख ४ का डिल्ली विक र बाँकेको राप्ती सोनारी ४ का सुनिल सुनार घाइते भएका थिए ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, समाचार
ट्याग : #१० लाख रुपैयाँ राहात, #पश्चिम रुकुम सोती घटना
ताजा खबर
- १सरकारले बढायो झण्डै २२ प्रतिशतसम्मले सार्वजनिक यातायातको भाडा
- २सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि शेरबहादुर देउवा र आरजुविरुद्ध पक्राउ पुर्जी जारी
- ३चार वटा संसदीय समितिका सभापतिले लिए शपथ
- ४कांग्रेस सांसद कृष्णबहादुर रोकाय बने विधायन व्यवस्थापन समितिको सभापति
- ५सरकारले भन्यो-जोरबिजोर प्रणाली लागू हुन सक्छ



तपाईको कमेन्ट लेख्नुहोस्