स्वास्थ्यमन्त्री भानुभक्त ढकाल भन्छन् सरकारको बिरोध गर्नेहरुको मति सप्रियोस्

काठमाडौं । कोरोना भाइरस परिक्षणको दायरा नबढाएको, क्वारेन्टाइन र आइसुलेसन अब्यवस्थित हुँदा सर्वसाधारणले दुख पाइरहेका छन् । प्रदेश १ र दुई सरकार तथा स्थानीय तहले नै संघीय सरकारको कामप्रति असन्तुष्टि जनाउदै आक्रोश पोखिरहेका छन् । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल भने सरकारको बिरोध गर्नेहरुको मति सप्रियोस् भन्दै आक्रोश पोखेका छन् । काठमाडौं उपत्यका लगायत देशभर कोरोना फैलिदा स्थानीयमा त्रास फैलिएको छ ।
कोरोना परिक्षणको रिपोर्ट आउन एकसाता बढी लाग्दा नागरिक छटपटाई रहेका छन् । तर, सत्तारुढ दल नेकपामा तीन महिनादेखि सुरु भएको किचलो अझै साम्य भएको छैन् । सरकारको उपस्थिति कम भएको भन्दै सरकारको चौतर्फी आलोचना भइरहेका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले भने फेरि विवादास्पद अभिब्यक्ती दिएका छन् । मंगलबार परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६१ औं वार्षिकोत्सव कार्यक्रममा मन्त्री ढकालले सरकारको आलोचना गर्नेहरुको मति सप्रियोस भन्ने टिप्पणी गरे । मति बिग्रिएकाहरुले कोभिड–१९ रोकथाम तथा नियन्त्रणको काममा आलोचना गरेको उनको आरोप छ । मन्त्री ढकालले सरकारको आलोचना गरेर कोरोनाविरुद्धको लडाई नजितिने दाबी गरे ।
मन्त्री ढकालको भनाई थियो आजको दिन मति बिग्रिएकाहरुका लागि पनि यो महामारीविरुद्ध लड्नका निमित्त मति सुध्रियोस् भन्ने शुभकामना दिन चाहन्छु । पार्टीभित्रको किचलोप्रति लक्षित गर्दै मन्त्री ढकालले महामारीबाट बाँचियो भने सत्ता प्राप्ति गर्ने लडाई फेरि पनि लड्न सकिने बताए । उनले ‘सत्ताका निमित्त लड्ने यो नै अन्तिम युद्ध होइन भन्दै पाँच वर्ष जनताले म्याण्डेटपछि त्यो खेलमा लाग्दा पनि केही नबिग्रने समेत दाबी गरे ।
महामारीविरुद्ध लागेको सरकारविरुद्ध अनेक नाममा विरोध भइरहेको भन्दै मन्त्री ढकालले जनताको मागलाई समेत गित गाउनेको संज्ञा दिए । कोरोना संक्रमण समुदाय स्तरमा देखिएपनि स्थिति सरकारको नियन्त्रणमै रहेको दाबी मन्त्री ढकालको छ । स्वास्थ्य सामग्री खरिद प्रकरणदेखि सञ्चारकर्मीले जवाफ माग्दा घरमा पाहँुना आएका छन् भन्ने अभिब्यक्ती दिएर विवादमा तानिएका मन्त्री ढकालले फेरि सरकारको आलोचना गर्नेप्रति विवादास्पद अभिब्यक्ती दिएका हुन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #कोरोना परिक्षणको रिपोर्ट, #भानुभक्त ढकाल, #मति सप्रियोस
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्