काठमाडौं उपत्यकामा थप ९२ जना सहित ३ सय ८० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आइतबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले काठमाडौंका ९० र ललितपुरका २ गरी उपत्यकामा ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या एक हजार १ सय नाघेको छ । काठमाडौं, भक्तपुर र ललितपुरमा संक्रमितको कुल संख्या ११ सय ३६ पुगेको हो । काठमाडौंमा ९ सय १२, ललितपुरमा १ सय ३९ र भक्तपुरमा ८५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यस्तै आइतबार देशभर ३ सय ८० जना संक्रमित थपिएका छन् भने कुल संक्रमितको संख्या २२ हजार ९ सय ७२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ४० संक्रमित डिस्चार्ज भएका छन् । योसँगै संक्रमण निको हुनेको कुल संख्या १६ हजार ३ सय ५३ पुगेको छ । प्रदेश नम्बर १ मा ५ सय ११, प्रदेश नम्बर २ मा ३ हजार ७५, बागमती प्रदेशमा ११ सय ३१ र गण्डकी प्रदेशमा २ सय ३७ जना संक्रमित उपचाररत रहेका छन ।
यस्तै प्रदेश नम्बर ५ मा ४ सय ४६, कर्णाली प्रदेशमा १ सय ६९ र सुदूरपश्चिम प्रदेशमा ९ सय ७४ गरी देशभरी ६ हजार ५ सय ४४ जना संक्रमित विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत रहेका छन् । अहिले देशभरीका क्वारेन्टिनमा ११ हजार ३८ जना रहेका छन् । आइतबार पीसीआर विधिबाट ८ हजार ५ सय १५ गरी ४ लाख ४३ हजार ८ सय ४ जनाको कोरोना परीक्षण भएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #३ सय ८० जना संक्रमित थपिए, #काठमाडौं उपत्यकामा ९२ जना, #कोरोनाभाइरस संक्रमण
ताजा खबर
- १३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- २सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ३आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ४जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन
- ५संसद अवरोध हटाउन सभामुखलाई सकस, प्रधानमन्त्रीको जवाफ माग्दै प्रतिपक्षको निरन्तर बिरोध



तपाईको कमेन्ट लेख्नुहोस्