नेपाली कांग्रेसमा महाधिवेशन नजिकिएसँगै गुटगत गतिविधिमा तिब्रता
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस कोरोना महामारीकाबीच पनि पार्टीको आशन्न महाधिवेशनको तयारीलाई जुटेको छ । ४७ मध्ये २० विभाग प्रमुख सभापति देउवाले नियुक्त गर्दा बरिष्ठ नेता पौडेल पक्ष चिढिएको छ । भ्रातृ संगठनको म्याद थप, क्रियाशिल सदस्यता वितरण र सदस्यता छानविन समितिको बिषयलाई लिएर कांग्रेमा असन्तुष्टि थप चुलिएपनि सद्भाव सहितको लोकतान्त्रिक प्रतिस्पर्धा मार्फत महाधिबेशन गराउने भन्दै बैठकले भने निरन्तरता पाइरहेको छ । नेपाली कांग्रेसले पार्टीको १४ औँ महाधिबेशन आगामी फागुन ७ देखी १० गतेसम्म गर्ने घोषणा गरेसँगै गुटगत प्रतिस्पर्धाले तिब्रता पाएको छ । अझ सभापति शेरबहादुर देउवाले महाधिबेशन नजिकिदैगर्दा विभिन्न विभागमा गरेको मनोनयन, भ्रातृ संगठनको म्याद थप र समायोजनसँगै क्रियाशिल सदस्यता वितरण लगायतको बिषयलाई लिएर पार्टी भित्र असन्तुष्टि बढिरहेको छ ।
२०७६ फागुनमै पदावधि सकिएर काम चलाउ बनेका सभापति देउवाले विधान उल्लंघन गरी अन्धाधुन्ध तरिकाले पद र प्रलोभन बाँडेको आरोप पौडेल पक्षले लगाउँदै आएको छ । सभापति देउवा भने पदाधिकारीसँगै पूर्वपदाधिकारी समेतलाई भेला गराएर सहमति र सद्भाव सहितको लोकतान्त्रिक प्रतिस्पर्धाका रुपमा आगामी महाधिबेशन सम्पन्न गराउनुपर्ने भन्दै असन्तुष्टिहरुलाई आन्तरिक रुपमै मिलाउनुपर्ने पक्षमा छन् ।
गुटगत असन्तुष्टिलाई बैठक र सम्वादबाट मिलाउन भन्दै कांगेसले बाँकी विभागको मनोनयन, नयाँ सदस्यता वितरण, क्रियाशील सदस्यता छानविन समिति गठन लगायतका बिषयमा सहमति खोज्ने प्रयासलाई समेत जारी राखेको छ । वरिष्ठ नेता पौडेलले विभाग, भातृ संगठनको म्याद थप, क्रियाशील सदस्यता वितरणमा पारदर्शीतालगायत विषयबारे प्रश्न उठाएपनि सभापति देउवा बिधि सम्वद काम गरेको दाबी गरिरहेका छन् । सभापतिको कामगराईबाट असन्तुष्ट रहेपनि नेताहरु महाधिबेशनलाई सहमति र स्वस्थ प्रतिस्पधाबाट सम्पन्न गर्नुपर्ने पक्षमा छन् । नेपाली कांग्रेसले फागुनमै महाधिवेशन गर्ने गरी तयारीलाई तिब्रता दिइरहँदा पार्टीमा सल्बलाई रहेका गुट उपगुट र उनीहरुको आकांक्षा, असन्तुष्टिको व्यवस्थापन र सम्बोधन कसरी हुन्छ, धेरैको चासो यसैमा छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #नेपाली कांग्रेस, #भ्रातृ संगठनको म्याद, #सभापति देउवा
ताजा खबर
- १युद्धको भिडियो र फोटो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ, कडा कारबाही र डिपोर्ट हुनसक्ने परराष्ट्रको चेतावनी
- २सेवा प्रवाह प्रभावकारी बनाउन काठमाडौं प्रशासनमा ‘सार्वजनिक सम्बोधन प्रणाली’ लागू
- ३नयाँ जनादेशले देशलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जगायो : प्रधानमन्त्री
- ४पैसाको सदुपयोग गर्न जान्नुपर्छ– गभर्नर
- ५ड्रोन आक्रमणपछि दुबई विमानस्थल अस्थायीरुपमा बन्द



तपाईको कमेन्ट लेख्नुहोस्