सिन्धुपाल्चोकमा पहिरोमा परी १० जनाको मृत्यु
काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची बजारमा गएको पहिरोमा परी बेपत्ता भएका आठ जनाको शव फेला परेको छ । मेलम्चीको कभर्ड हल निर्माण कार्यमा खटिएका मजदुर बसेको घरमा खसेको पहिरोले पुर्दा ९ जना बेपत्ता भएका थिए । पहिरोले पुरिएका भारत बेतीया घर भएका बारू शाह लाई सुरक्षाकर्मीको टोलीले जिवित उद्दार गरेको थियो । उनलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ ।
पहिरोले पुरिएका भारत बेतीयाका राजेन्द्र चौरसीया, वीरगञ्जका ३५ वर्षीय प्रदिप चौरसीया, बारा सिमराका वर्ष २१ का राजेश चौधरी, २५ का बिक्रम थिंग, २३ का मानबहादुर रूम्बा, २० का सिमन घ्लान, २१ का शिबबालक धामी र १७ का सोनम लामा सुतेका थिए ।
यसैबीच, सिन्धुपाल्चोककै पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर २ बरुवामा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । राति सुतिरहेका बेला आएको पहिरोले घर पुर्दा ४८ वर्षीय यज्ञबहादुर क्षेत्री र उनकी श्रीमती लक्ष्मीको मृत्यु भएको हो ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, समाचार
ट्याग : #सिन्धुपाल्चोक पहिरो
ताजा खबर
- १शीतल निवासले सरकार–तीन दल खोल्यो छलफलको ढोका, अब बालुवाटारमा जुट्ने
- २क्रियाशील सदस्यता वितरणमा समन्वय र सहजीकरण गर्न जिल्ला सभापतिहरूलाई कांग्रेसको निर्देशन
- ३सर्वपक्षीय बैठकमा प्रधानमन्त्री कार्कीः निर्वाचनलाई संकट हैन, खुशीको रुपमा लिऔं
- ४सिंहदरबार बैठकमा रास्वपाको दाबीः दलका नेता, उम्मेदवार र मतदाताको सुरक्षाको जिम्मा सरकारले लिनुपर्छ
- ५कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच छलफल



तपाईको कमेन्ट लेख्नुहोस्