घटेन अझै विश्वमा कोरोना संक्रमण, एकै दिन २ लाख ८० हजारबढीमा कोरोना पुष्टि
काठमाडौं । विश्वमा एकै दिन २ लाख ८० हजार ३ सय १८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । विश्वभर संक्रमित हुनेको संख्या १ करोड ७४ लाख ७४ हजार नाघेको छ । उपचारपछि निको हुनेको संख्या १ करोड ९ लाख ३७ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ६ हजार २ सय २१ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ६ लाख ७६ हजार ७ सय नाघेको छ । सबैभन्दा बढी प्रभावित अमेरिकामा कोरोना भाइरसको संक्रमणले एकै दिन १ हजार ४ सय ६५ जनाको मृत्यु भएको छ ।
२४ घण्टामा अमेरिकामा थप ६८ हजार ५ सय ६९ जना संक्रमित भएका छन् । त्यस्तै, ७ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणले ब्राजिलमा एकै दिन ५८ हजारभन्दा बढी संक्रमित भएका छन । योसँगै ब्राजिलमा संक्रमितको संख्या २६ लाख १३ हजार ७८९ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ८९ जनाको मृत्यु भएको छ । योसँगै ब्राजिलमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ९१ हजार नाघेको छ । भारतमा कोरोना संक्रमितको संख्यामा दैनिक नयाँ रेकर्ड कायम हुन थालेको छ ।
बुधबारको तुलनामा बिहीबार झण्डै ३ हजार संक्रमित बढेका भारतमा शुक्रबार पनि करिव ३ हजार संक्रमित थपिदै नयाँ रेकर्ड कायम भएको छ । भारतमा ५४ हजार ९ सय ६६ जना संक्रमित थपिएका छन् । भारतमा एकै दिन संक्रमण पुष्टि भएको यो संख्या अहिलेसम्मकै धेरै हो । योसँगै भारतमा कुल संक्रमित संख्या १६ लाख ३९ हजार ३ सय ५० पुगेको छ । रूसमा एकैदिन ५ हजार ५०९ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा १२९ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या १३ हजार ८०२ पुगेको छ । संक्रमित संख्या ८ लाख ३४ हजार ४ सय ९९ पुगेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #कोरोना भाइरस संक्रमण
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्