Techie IT
  • २८ वैशाख २०८२, आईतबार
KhojPatrika

रोकियो कुबेत जान, श्रम स्वीकृति लिएका अलमलमा


काठमाडौं । कुवेतले नेपालसहित विभिन्न ७ देशका नागरिकलाई प्रवेशमा रोक लगाएको छ । कुवेत सरकारले अगष्ट १ देखि अन्तराष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको छ । तर, नेपालसहित ७ देशका नागरिकलाई भने प्रवेशमा रोक लगाएको हो । कुवेतले प्रवेश रोक लगाएका सात मध्ये दक्षिण एसियाका पाँच देश रहेका छन । दक्षिण एसियाका नेपाल, भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका गरी पाँचसहित इरान र फिलिपिन्सका नागरिकलाई कुवेतले प्रवेश रोक लगाएको हो ।

कुवेत खाडीको सानो देश भएपनि त्यहाँ झण्डै ७० हजार नेपाली कार्यरत छन् । गएको असार १८ गतेदेखि पुनः श्रम स्वीकृति खुलेसँगै कुवेत जान पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या पनि बढिरहेको छ । साउन महिनाको १५ दिनमा मात्रै ८६ जनाले कुवेत जानका लागि पुनः श्रम स्वीकृति लिएका छन् । तर, कुवेत सरकारको पछिल्लो निर्णयले उनीहरु तत्काल कुवेत जान पाउने छैनन् ।


क्याटेगोरी : देश/दुनियाँ, राजनीति, समाचार, स्वास्थ्य
ट्याग : #कुवेत नेपाल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं