देशका विभिन्न स्थानमा ठूलो पानी पर्ने, सर्तकता अपनाउन मौसमविदको आग्रह
काठमाडौं । देशका अधिकांश स्थानमा बुधबारको मौसममा सामान्य बदली रही धेरै स्थानहरुमा मेग गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र प्रदेश १, प्रदेश २, बागमती प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
अहिले बिहान पनि देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। बुधबार राति पनि देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेग गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
प्रदेश १, गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र प्रदेश २, बाग्मती, कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ। देशभर मनसुनी वायुको प्रभाव रहेको छ। साथै नेपालको तराई भूभाग नजिक मनसुनी न्युन चापीय रेखा अवस्थित रहेको मौसमविदले उल्लेख गरेका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #मौसम
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्