एकैदिन विश्वमा २ लाख ३८ हजारभन्दा धेरैमा कोरोना संक्रमण, २ लाखभन्दा धेरै निको

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ३८ हजारभन्दा धेरैमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो अहिलेसम्मकै धेरै संक्रमण हो । केही समययता नयाँ बिरामी थपिने क्रम बढेकामा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै बिरामी थपिएका हुन ।
यसअघि हिजो २ लाख १८ हजार र अस्ति २ लाख २४ हजार बिरामी थपिएकामा २४ घण्टामा २ लाख ३८ हजार नयाँ बिरामी थपिएका हुन् । योसँगै विश्वभर सङ्क्रमितको सङ्ख्या १ करोड ६८ लाख ७४ हजार नाघेको छ । जसमध्ये १ करोड ४ लाख ३३ हजार मानिस उपचारपछि निको भएका छन् ।
२४ घण्टामा २ लाखभन्दा धेरै निको भएका छन् । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा ६१ हजार, भारतमा साढे ४९ हजार र ब्राजिलमा ४१ हजार कोरोना संक्रमित थपिएका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, साहित्य
ट्याग : #कोरोना भाइरस, #विश्वभर
ताजा खबर
- १प्रधानमन्त्रीको स्पेन भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
- २असार ६ गते प्रधानमन्त्री ओलीसँग प्रश्नोत्तर
- ३संसदमा सूर्य थापाको नियमापत्ति, भने हामी रत्नपार्कमा छौँ ? मैले बुझ्न सकिनँ
- ४धरौटीमा छोड्ने आदेशपछि राणाः राज्यले फसाउन खोज्यो अदालतले बुझ्यो
- ५अमरेशलाई आरजुले दायर गरेको मुद्दामा अदालतले माग्यो अडियो–भिडियो
तपाईको कमेन्ट लेख्नुहोस्