आजदेखि पुनः भारी वर्षा हुने, जोखिम क्षेत्रका सबैलाई सतर्क रहन आग्रह
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले साउन १२ देखि १६ गतेसम्म प्रदेश १ र २ मा भारी वर्षा हुने पूर्वानुमान सहित सतर्क हुन आग्रह गरेको छ । मनसुन न्यून चापीय रेखा तराई मधेस नजिक रहने र पर्याप्त जलवास्पयुक्त हावा पनि भित्रिने संभावना रहेकाले प्रदेश १ र २ का अधिकांश स्थानमा भारी वर्षासँगै बाढी पहिरोको जोखिम आँकलन गरेको विभागले सतर्कता अपनाउन आग्रह गरेको हो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी पाँच दिनसम्म बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदुरपश्चिमका केही स्थानमा भारी वर्षा हुने छ । साउन १३ देखि १५ गतेसम्म गण्डकी, कर्णाली, सुदुरपश्चिम र प्रदेश ५ का मध्ये पहाडी भूभागका नदीहरूमा जलसतह बढ्ने भन्दै मौसमविदले नदि खोला र तटिय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेका छन् । विभागका अनुसार अबको पाँच दिन भोटेकोशी र बागमतीमा पनि सामान्य बहाव बढ्नेछ । चुरेबाट बग्ने साना र मझौला खोलानालाको वहाव बढ्ने संभावना रहेको भन्दै मौसमविद्ले सावधान रहन र सरोकारवाला निकायलाई सतर्कता अपनाउन आह्वान गरेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #मौसम
ताजा खबर
- १सरकारले नै विस्थापित सुकुम्वासीलाई आज र भोलि खानाको व्यवस्था गर्ने
- २हेडसरलाई थर्काएको रास्वपा सांसद विश्वराज पोखरेलको भिडियो भाइरल, चौतर्फी आलोचना
- ३चल्यो सुकुम्बासी बस्तीमा डोजर,सरकारलाई सघाउदै निस्किए सुकुम्बासी, ५ स्थानमा बासस्थान
- ४जानकी नवमीः मिथिलाको गौरव र माता जानकीको प्रादुर्भाव
- ५रविलाई हर्कले सोधे–सुकुमबासीलाई धनीपूर्जा दिने बाचा गरेर चुपचाप घण्टीमा छाप मागेको होइन ?



तपाईको कमेन्ट लेख्नुहोस्