बस्ला त आज नेकपा स्थायी कमिटि बैठक ?
काठमाडौं । पटक पटक स्थगित हुँदै आएको सत्तारुढ नेकपाको बैठक आज बोलाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेका बोलाइएको बैठक बस्ने निश्चित भने छैन। यसअघि ७ पटक स्थगित भएको बैठक पूर्व माओवादी खेमा भने अव रोक्न नहुने पक्षमा उभिएको छ। सोमबार बिहान अध्यक्ष प्रचण्डले पूर्व माओवादीका सबै स्थायी कमिटि सदस्यहरुलाई खुमलटारस्थित निवासमा बोलाएर पार्टीको विवादबारे छलफल गरेका थिए। उक्त भेलामा सहभागी अधिकांश नेताहरुले अब बैठकबाटै निकास निकाल्न सुझाव दिँदै स्थायी कमिटिको बैठक रोक्न नहुनेमा जोड दिएका थिए।
भेलाले पार्टीको विवादलाई तत्कालका लागि सुरक्षित अवतरण गर्ने ढंगले अघि बढ्न अध्यक्ष प्रचण्डलाई सुझाव दिएको थियो। केपी शर्मा ओलीले प्रचण्डलाई महाधिवेशनपछि पार्टीको एकल अध्यक्ष र त्यसपछि प्रधानमन्त्री समेत बन्न प्रस्ताव गरेपछि प्रचण्ड समूह लचक बनेको अनुमान गरिएको छ । खुमलटार भेलामा प्रचण्डले आफूलाई महाधिवेशनपछि एकल अध्यक्ष र प्रधानमन्त्री बन्न प्रस्ताव आएको बताएका थिए । तर, माधव कुमार नेपाल खेमा भने ससंकित भएको छ । ओली र प्रचण्डबीच आफूलाई पन्छाएर सहमति गर्न खोजेको भन्दै नेपाल पक्षीय नेताहरुले पनि छुट्टै छलफल गरिरहेका छन् ।
पूर्व माओवादी खेमाले ओलीपक्षसँग मिलेरै अघि बढ्ने बताएपनि वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले भने दुई अध्यक्षबिचको सहमतिलाई मात्रै आफूहरु मान्न तयार नरहेको बताएका छन् । उनीहरुले अब हरेक सहमति र निर्णयहरु पार्टी बैठकबाटै गर्नुपर्नेमा जोड दिएका छन् । ओलीले अध्यक्ष तथा प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिने पर्ने माग गर्दा नेपाल पक्षको साथ लिएका प्रचण्डले पछिल्ला केही दिनयता नेपाल पक्षलाई बेवास्ता गर्न खोजेको देखिएको छ । ओलीसहित राष्ट्रपतिसँगको भेटपछि प्रचण्डको अडान केही फेरिएको भन्दै नेपाल पक्षले आफै रणनिति बनाउन लागेको हो ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #नेकपाको बैठक
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्