धादिङमा पहिरो जाँदा एकैपरिवारका तीन जनाको ज्यान गयो
काठमाडौं । धादिङ्गमा सोमबार राति पहिरो जाँदा एकै परिवारका तीन जनाको ज्यान गएको छ। त्रिपुरासुन्दरी गाउँपालिका–६ गोलाङमा राति दुई बजेपछि पहिरो जाँदा घर पुरिएर सुतिरहेका तीन जनाको ज्यान गएको हो । पहिरोमा परी मृत्यु हुनेमा २५ वर्षका मिलन खाँड, उनकी श्रीमती २२ वर्षकी सम्झना खाँड र छोरी दुई वर्षकी अञ्जिता रहेका छन् ।
भूकम्पले भत्किएको घर हालै पूनर्निर्माण सकेर खाँड परिवार नयाँ घरमा बसेको थियो । तर, घरमाथिबाट आएको पहिरोले उनीहरुलाई पुरेको हो । तीनैजनाको शव निकालेर पोस्टमार्टमका लागि सल्यान्टार प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #पहिरो
ताजा खबर
- १रुकुमेली सेवा समाज स्थापनाको औपचारिक प्रक्रिया अघि बढ्यो
- २बालेनलाई रबिले भने– बादलको टुक्रामा जहाज हल्लिन सक्छ, डर मान्नु पर्दैन
- ३नरबहादुरको उपचारका लागि ५ लाख ५१ हजार ५७० रुपैयाँ हस्तान्तरण
- ४पार्टी मिल्छ भने महामन्त्री छाड्न तयार छु : प्रदीप पौडेल
- ५सर्वोच्चले गगनलाई चड्कन दियो, अबको सभापति देउवा : मोहन बस्नेत



तपाईको कमेन्ट लेख्नुहोस्