गोदावरी नगरपालिकामा अख्तियारको छापा,डेढ लाख घुस सहित दुई कर्मचारी पक्राउ
काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैशी र ओभरसियर किशोर मोक्तानले सेवाग्राहीसँग घुस मागेको खबर पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । अख्तियारको टोलीलाई थप मद्धत गर्न महानगरीय प्रहरी वृत्त चापागाउँका प्रहरी निरीक्षक राजेन्द्र थापाको टोली पनि गोदावरी नगरपालिकामा पुुगेको थियो । जैसी र मोक्तान १ लाख ५० हजार घुस सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कागजात र दुबैलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेका छन् ।
यसअघि पनि जैसी व्यवसायीहरुसँग मिलेर प्लटिङको जग्गा श्रीमतीको नाममा पास गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो । जग्गा प्लटिङ ब्यवसायीसँग बारम्बार बार्गेनिङ गरिरहेका जैसीले अन्य पेशा तथा ब्यवसायी ब्यक्तीहरुलाई पनि दुख दिने गरेको आरोप लाग्दै आएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #गोदावरी नगरपालिका
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्