Techie IT
  • ३० वैशाख २०८२, मंगलबार
KhojPatrika

अध्यक्षद्धयबीच सहमति नभएपछि नेकपामा सचिवालय बैठक


काठमाडौं । पटक पटक नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई पार्टीको विवाद मिलाउन स्थायी कमिटि बैठकले जिम्मा दिएपनि सहमति जुट्न सकेको छैन् । ६ पटक स्थगित भएको स्थायी कमिटि बैठक आइतबारका लागि बोलाइएको छ । त्यसअघि सहमति जुटाउन शनिबार सचिवालय बैठक बोलाइएको छ । थप बल्झिएको नेकपाको विवाद समाधानको प्रयासमा सचिवालयमा छलफल हुने बताइएको छ । सचिवालय बैठक दिउँसो तीन बजे बोलाइएको छ ।

गत असार १७ गतेदेखि सुरु भएको स्थायी कमिटीको बैठकमा अधिकांश सदस्यहरुले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेका थिए । प्रधानमन्त्री ओली भने दुवै पद नछाड्ने अडानमा छन् । विवाद उत्कर्षमा पुगेपछि शीर्ष नेताहरुबीच दुई पक्षीय र त्रिपक्षीय छलफल पनि भएको थियो । तर, ती छलफलबाट पनि सहमति नजुटेपछि नेताहरु सचिवालय बैठकमा फर्किएका हुन् ।

यसअघि सचिवालय बैठकमा विवाद बढेपछि स्थायी कमिटी बैठक सुरु गरिएको थियो । शुक्रबार ओली र प्रचण्डबीच भएको छलफलमा स्थायी कमिटी बैठक स्थगित गरेर सचिवालय बैठक बोलाउने सहमति भएको थियो । प्रचण्ड र माधव नेपालले स्थायी कमिटिबाट निकास नआए केन्द्रीय कमिटिको बैठक बोलाउने तयारी समेत गरेका छन् ।


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #नेकपामा सचिवालय बैठक

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं