Techie IT
  • २८ वैशाख २०८२, आईतबार
KhojPatrika

कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ मा पहिरो जाँदा ३ जनाको मृत्यु


काठमाडौं । कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ खोरामुखमा पहिरो जाँदा ३ जनाको मृत्यु भएको छ । गएरातिदेखि अविरल परेको वर्षाका कारण स्थानीय प्रेम विकको घरमा पहिरो खस्दा तीन जना नातिनातिनीको मृत्यु भएको हो ।

पहिरोमा परी ज्यान गुमाउनेमा १६ वर्षीय कुशल विक, १४ वर्षीय समीर विक र १६ वर्षीया रोजिना विक रहेको प्रहरीले जनाएको छ । सुरक्षाकर्मी तथा स्थानीयवासीले पहिरोमा पुरिएका तीनै जनाको शव बाहिर निकालेका छन् । घरको २ सय मिटर माथिबाट झरेको पहिरोले घर बगाएको हो । ढुङ्गा माटोले बनेको कच्ची घरको तीन वटा कोठा पहिराले बगाएको छ । घटनास्थल पोखराबाट उत्तर पश्चिम २० किमीको दूरीमा पर्दछ ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज
ट्याग : #पहिरो जाँदा ३ जनाको मृत्यु

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं