साउन ४ गतेदेखि खोला र नदी क्षेत्रमा बाढीको जोखिम, सतर्क रहन मौसमविद्को आग्रह
काठमाडौं । साउन ४ गतेदेखि नदीमा पानीको वहाव बढ्न सक्ने तर्फ सचेत गराउँदै सरकारले सतर्क रहन तटिय क्षेत्रका सबैलाई आग्रह गरेको छ । राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले साउन ५ गतेदेखि ९ गतेसम्म प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र प्रदेश ५ का विभिन्न नदी र चुरे तथा तराई बहने नदीमा पानीको वहाव बढ्नेतर्फ सचेत गराएको हो । कन्काई, कोशी, कमला, बागमती, नारायणी, तिनउ, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा बाढी आउन सक्ने पूर्वानुमान गरिएको छ ।
साउन ४ गतेपछिका ५ दिन सतर्क रहन र बाढी र मौसमको पूर्वानुमानबारे जानकारी लिन प्राधिकरणले सबैलाई आह्वान गरेको छ । बिहीबार नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा सामान्य वहाव बढ्ने तर खतरामूलक नहुने बताइएको छ ।
कोशी र यसका सहायक नदीहरु भोटेकोशी, सुनकोशी, बलेफी, तामाकोशी लगायतका नदीमा पनि पानीको वहाब बढेपनि तत्कालै खतराको तहसम्म नपुग्ने जानकारी दिइएको छ । बाढी, पहिरो र डुवाका कारण गत जेठ ३० देखि साउन १ गतेसम्म १०० जनाको मृत्यु भएको छ । बाढी र पहिरोका कारण ८४ जना घाइते भएका छन् भने अझै ४७ जना बेपत्ता छन् ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, समाचार
ट्याग : #खोला र नदी क्षेत्रमा बाढीको जोखिम
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्