Techie IT
  • १९ वैशाख २०८२, शुक्रबार
KhojPatrika

हाँस्य कलाकार माग्नेबुढाको आग्रह : अव दीपाश्री निरौलालाई गाली नगरौं


काठमाडौं । हाँस्य कलाकार केदार घिमिरे ‘माग्नेबुढा’ले कलाकार तथा निर्देशक दिपाश्री निरौलाप्रति भइरहेको गालीगलौज बन्द गर्न सबैलाई आग्रह गरेका छन् । कलाकार घिमिरेले सामाजिक सञ्जालमा कुनै विषयमा असहमति भए अथवा आलोचना गर्नु परे सभ्य भाषा प्रयोग गरिदिन पनि आग्रह गरेका हुन् । उनले ‘दीपा दिदीबाट गल्ती भएकै हो, माफी पनि मागीसक्नुभयो, सच्चिएर अगाडि बढ्ने मौका दिन समेत आग्रह गरेका छन् ।

माग्नेबुढाले लेखेको स्टाटस् जस्ताको तस्तै
आदरणीय दर्शकलाई मेरो अनुरोध: बिगत केही दिन देखि निरन्तर रुपमा निर्देशक/ कलाकार दिपा दिदी माथि तल्लो स्तरका गाली गलौज् भईरहेका छन्। हो, दिदीको गल्ति थियो,माफि पनि मागी सक्नुभयो। म पनि महानायक राजेश दादासंग ब्यक्तिगत रुपमा माफि माग्दछु। कुन गल्तिको सजायँ कति भन्ने पनि त होलानि। छिमेकीको बच्चाले साग बारी कुल्चेछ, खुट्टा भांचेर पठाईदिनेत ? दिपा दिदीको पेटमा पाप छैन तर जिब्रो चिप्लेको चांहि पक्कै हो। अघिपछी राजेश दादाको बारेमा सकारात्मक कुरा गर्ने मान्छे,त्यो दिन दिदीको ठुलै दशा रैछ। वहां मनको दयालु हुनुहुन्छ, बर्षेनी 15 जना गरीब बच्चाहरुको स्कुल फि तिरी दिनुहुन्छ,कोही कलाकार प्राबिधिकको दुखमा पुगीहाल्नुहुन्छ, भलै बैगुण पनि होलान् ।

गल्ति मान्छेबाटै हुने हो, सच्चिएर अगाडी बढ्ने मौका दिनुहोस् । अर्को कुरा, केहि गल्ति नहुंदा पनि “छ माया छपक्कै” को ट्रेलर रिलिज हुॅदा सुरुमै करिब 1200 नेगेटिभ कमेन्ट आए, “यिनीहरुको फिल्म् फ्लप् भैहालोस्” “जोकरहरुको फिल्म् कस्ले हेर्छ र ? आदी इत्यादि। (यहि कारणले म झण्डै दोश्रो पटक डिप्रेशनमा गएको थिएं) बर्ष भरि मेहनत गरेर बनाएको फिल्म फ्लप् हुंदा कुन तत्व लाईं फाईदा पुग्दोरैछ ? मैले अहिले सम्म बुझ्न सकेको छैन । त्यो तत्व ( जो फेक आईडी सहित कमेन्टमा हाजिर हुन्छ) संग सम्बन्धित ब्यक्ति लाईत मेरो भन्नु केही छैन । तपाई जो सांच्चै भगवान् जस्ता दर्शक हुनुहुन्छ, कृपया आलोचना नै गर्नु परे पनि सभ्य तरिकाले गरिदिनुहोला भनि अनुरोध गर्दछु । “छक्कापञ्जा टिमबाट माग्ने निकालौं” भन्ने कुरा पनि आएको रैछ, हाम्रो टिममा सबै लेखक निर्देशक छौं, आफै आफैं छुट्टै चलचित्र पनि बनाउन सक्छौं,तर छुट्टा छुट्टै चलचित्र बनाउंदा कमजोर नबनोस्,हलमा आएका दर्शक निरास भएर नफर्किउन् भनेर एक आपसमा मिल्छौं।

नेपाली चलचित्रमा सबै कुरा अन्तरराष्ट्रीय स्तरको छ, एउटै कुराको कमी छ त्यो हो स्क्रिप्ट, त्यहि स्कृप्ट को लागी अरु टिममा पनि धेरै धेरै साथिहरु एक आपसमा मिल्न जरुरी देखिन्छ। तपाईंहरुले मलाई ब्यक्तिगत् रुपमा गर्नुभएको अगाध् माया र स्नेह शिरमाराखेको छु। केही गल्ति लेखेको भए तपाई पनि माफ गरिदिनुहोला । जय माफ दिवस । जय नेपाली चलचित्र।


क्याटेगोरी : कला र मनोरञ्जन, देश/दुनियाँ, समाचार
ट्याग : #माग्नेबुढा’

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं