चल्ने भए सार्वजनिक यातायातका साधन, भाडा भने ५० प्रतिशतले बृद्धि
काठमाडौं । लकडाउनका कारण चैत ११ गतेदेखि थन्किएका सार्वजनिक यातायातका साधन शुक्रबारबाट चल्ने भएका छन् । तर, काठमाडौं उपत्यकाबाहेक अन्य जिल्लाको हकका एक जिल्लाबाट अर्को जिल्लामा सार्वजनिक यातायातका साधन जान पाउने छैनन् । सरकारले जिल्लाभित्र मात्र चल्न पाउने गरी सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको सरकारका प्रवक्ता डाक्टर युवराज खतिवडाले जानकारी दिए ।
त्यस्तै ट्याक्सीमा चालक बाहेक दुई जनासम्म यात्रु बोक्न पाउने गरी सञ्चालन अनुमति दिने निर्णय पनि सरकारले गरेको छ । सार्वजनिक यातायात तथा ट्याक्सी सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने पनि मन्त्री डाक्टर खतिवडाले जानकारी दिए । सार्वजनिक सवारी चलाउँदा सिट क्षमताभन्दा आधा मात्र यात्रु राख्न पाइने र यात्रुलाई मास्क अनिवार्य गर्ने निर्णय पनि सरकारले गरेको छ । क्षमताभन्दा आधा मात्र यात्रु बोक्न पाउने भएकाले सञ्चालन खर्च जुटाउन तोकेको भन्दा ५० प्रतिशतसम्म बढी भाडा लिन पाउने छन् । यसअघि चालक बाहेक दुई जना मात्रै बस्न पाइने गरी नियम बनाइएकोमा अब २ जना बाहेक एकै परिवारका ५ वर्षमुनिका अरु सदस्यहरु समेत निजी गाडी वा ट्याक्सीमा आवत–जावत गर्न पाउनेछन् ।
कोरोना संक्रमण नरोएसम्म भाडा ५० प्रतिशतले बढ्यो
सरकारले सार्वजनिक यातायातको भाडा ५० प्रतिशत बढाउने निर्णय समेत गरेको छ । सिट क्षमता अनुसार सञ्चालन नहुने भएकाले सञ्चालन खर्चका लागि हाल कायम भाडाको ५० प्रतिशत थपेर लिन पाउने निर्णय भएको छ । तर, ट्याक्सीको भाडामा भने कुनै परिवर्तन गरिएको छैन् । ट्याक्सीहरु तत्कालैबाट सञ्चालन भएपनि अन्य सार्वजनिक सवारीको हकमा सुरक्षा प्रवन्ध मिलाएर सञ्चालन गर्न केही समय लाग्ने बताइएको छ । सञ्चालन गर्न सक्ने सवारी साधानले भने शुक्रबारबाटै सुरु गर्न सक्नेछन् ।
सार्वजनिक यातायातका साधन चलाउदा पालना गर्नुपर्ने नियम
१. सिट क्षमताको बढीमा आधा यात्रु मात्रै राख्न पाउने
२. छोटो दुरीको यातायात मात्रै सञ्चालन गर्न पाइने
३. काठमाडौं उपत्यकाको हकमा काठमाडौं, ललितपुर र भक्तपुर कायम
४.चालक र सहचालकले मास्कका साथै भाइजर र पञ्जा अनिवार्य लगाउनुपर्ने
५.ढोका र यातायातका साधनभित्र स्यानिटाइजर राख्नुपर्नेछ
६.यात्रुले अनिवार्य मास्क लगाउनुपर्ने
७.सामाजिक दूरी कायम गर्न सिटको एउटा पंक्तिमा एक जना मात्र राख्नुपर्ने
८. एक दिनमा एक पटक यातायातको साधन निसंक्रमण पनि गर्नुपन
९. चालकबाहेक दुई जनासम्म यात्रु राखेर ट्याक्सी चलाउन दिइने, एउटै परिवारको सदस्य भए ५ वर्षमुनिका बालबालिकालाई पनि राख्न छुट दिइने
१०.निजी सवारीको हकमा जोरविजोर कायमै, चालक बाहेक दुई जनासम्म यात्रा गर्न पाइने, एउटै परिवारको सदस्य भए ५ वर्षमुनिका बालबालिका राख्न सकिने
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #सार्वजनिक सवारी साधान
ताजा खबर
- १संक्रमणकालिन अवस्थाको गम्भीर असर मुलुकको आर्थिक वृद्धिदरमा पर्ने
- २५ हजार कैदी अझै फरारः खोजतलासका लागि कार्यदल गठन
- ३गृहमन्त्रीले जेन–जीका माग पूरा गर्दैनन्ः सुदन गुरुङ
- ४सुशासन र सुरक्षाका चुनौतीबीच दृढ नेतृत्व प्रदर्शन गर्नेछुः महानिरीक्षक कार्की
- ५नेशनल आइडी कार्ड बनाएका नेपालीले मतदाता नामावली संकलन गर्न अनलाइन फारम मात्रै भरे पुग्छः रामप्रसाद भण्डारी



तपाईको कमेन्ट लेख्नुहोस्