सिन्धुपाल्चोकमा पहिरो जाँदा २ जनाको मृत्यु १९ जना बेपत्ता
काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरापलिका–५ जम्बु–मानेश्वाराँमा पहिरो तथा खहरे खोलामा आएको बाढीका कारण दुई जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता भएका छन् । याल्मो भन्ने ठाडो खोलाको बाढी तथा पहिरोका कारण करिब १४ घर बगाउँदा १९ जना बेपत्ता भएका हुन् । अहिले पनि पानी परिरहेका कारण बेपत्ताहरुको खोजी गर्न कठिनाई भएको छ । एक बच्चा र एक बयस्कको शव भेटिएको जनाइएको छ ।
बेपत्ताको खोजीका लागि प्रयास भइरहेपनि भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोले बाटो अवरुद्ध हुँदा समस्या भएको जनाइएको छ । बुधबार मध्यरातमा गाउँमाथिबाट बाढी तथा पहिरो खस्दा घरहरु बगाएको हो । यस्तै बाह्रबिसे–३ मा खाडदल खोलाको बाढीले कच्ची–पक्की गरी २० घर बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । बाढीले भोटेकोशीको पुल पनि बगाएको छ । यस्तै अरनीको राजमार्गका विभिन्न ठाउँमा बाटो नै बगाएको छ । यसैबीच सभामुख अग्निप्रसाद सापकोटासहितको टोली हेलिकप्टरमार्फत काठमाडौंबाट सिन्धुपाल्चोक जाँदै छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #सिन्धुपाल्चोकको बाह्रबिसे
ताजा खबर
- १युद्धको भिडियो र फोटो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ, कडा कारबाही र डिपोर्ट हुनसक्ने परराष्ट्रको चेतावनी
- २सेवा प्रवाह प्रभावकारी बनाउन काठमाडौं प्रशासनमा ‘सार्वजनिक सम्बोधन प्रणाली’ लागू
- ३नयाँ जनादेशले देशलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जगायो : प्रधानमन्त्री
- ४पैसाको सदुपयोग गर्न जान्नुपर्छ– गभर्नर
- ५ड्रोन आक्रमणपछि दुबई विमानस्थल अस्थायीरुपमा बन्द



तपाईको कमेन्ट लेख्नुहोस्