Techie IT
  • २९ वैशाख २०८२, सोमबार
KhojPatrika

सिन्धुपाल्चोकमा पहिरो जाँदा २ जनाको मृत्यु १९ जना बेपत्ता


काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरापलिका–५ जम्बु–मानेश्वाराँमा पहिरो तथा खहरे खोलामा आएको बाढीका कारण दुई जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता भएका छन् । याल्मो भन्ने ठाडो खोलाको बाढी तथा पहिरोका कारण करिब १४ घर बगाउँदा १९ जना बेपत्ता भएका हुन् । अहिले पनि पानी परिरहेका कारण बेपत्ताहरुको खोजी गर्न कठिनाई भएको छ । एक बच्चा र एक बयस्कको शव भेटिएको जनाइएको छ ।

बेपत्ताको खोजीका लागि प्रयास भइरहेपनि भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोले बाटो अवरुद्ध हुँदा समस्या भएको जनाइएको छ । बुधबार मध्यरातमा गाउँमाथिबाट बाढी तथा पहिरो खस्दा घरहरु बगाएको हो । यस्तै बाह्रबिसे–३ मा खाडदल खोलाको बाढीले कच्ची–पक्की गरी २० घर बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । बाढीले भोटेकोशीको पुल पनि बगाएको छ । यस्तै अरनीको राजमार्गका विभिन्न ठाउँमा बाटो नै बगाएको छ । यसैबीच सभामुख अग्निप्रसाद सापकोटासहितको टोली हेलिकप्टरमार्फत काठमाडौंबाट सिन्धुपाल्चोक जाँदै छ ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #सिन्धुपाल्चोकको बाह्रबिसे

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं