जिल्लामा कोरोना संक्रमित घटे, काठमाडौं उपत्यकामा बढे
काठमाडौं । दैनिक ४ सयदेखि ७ सयसम्म कोरोना संक्रमित भेटिने गरेकोमा पछिल्ला केही दिनयता संक्रमितको संख्यामा घट्दै गईरहेको छ । सोमबार १ महिनाको अवधिमै सबै भन्दा कम १ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने मंगलबार त्यो सङख्या अलिकति बढेर २ सय ४ मा पुगेको छ । संक्रमितको संख्या घटेसँगै निको भई घर फर्कनेहरुको संख्यामा भने बृद्धि भएको छ । नेपालमा पछिल्लो २४ घण्टामा २ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कूल संक्रमितको संख्या १६ हजार १ सय ६८ पुगेको छ । कोरोनाका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन् । त्यसरी नै ७७ वटै जिल्लामा फैलिएको कोरोनावाट तेह्रथुम, भोजपुर, सोलुखुम्बु र हुम्ला गरी चार जिल्ला कोरोना मुक्त भएका छन् ।
नेपालमा अहिलेसम्म कोरोना भाइरसको कारण ३५ जनाको मृत्यु भईसकेको छ । कुल सङक्रमित मध्ये ८ हजार ६ सय ३४ जनाको आइसोलेनमा उपचार भइरहेको छ । विगत २४ घण्टामा ६ सय ८८ जना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म ७ हजार ४ सय ९९ जनाले कोरोना जितेका छन् । पछिल्लो २४ घण्टामा ६ हजार १ सय ३३ जनाको पिसिआर परिक्षण गरीएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म २ लाख ६८ हजार ८ सय ६१ पिसिआर परिक्षण भएका छन् । देशका २५ वटा प्रयोगशाला मार्फत कोरोनो परीक्षण भइरहेको मन्त्रालयले जनाएको छ ।
नेपालका विभिन्न क्वारेन्टिनमा २५ हजार ७ सय २७ जना रहेका छनन् भने आइसोलेसनमा रहनेको संख्या ८ हजार ६ सय ३४ रहेको छ । काठमाडौं उपत्यकामा मंगलबार २८ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौं जिल्लामा १४, ललितपुरमा १० र भक्तपुरमा ४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि सोमबार काठमाडौं उपत्यकामा ५४ जनामा कोरोना संक्रमण देखिएको थियो । उपत्यकाका समुदायमा कोरोना फैलन नदिनको लागि सर्वसाधारणलाई मन्त्रालयले अत्यावश्यक बाहेक बहिर ननिस्कन र निस्कनु परेका माक्सको प्रयोग गर्न अनुरोध समेत गरेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ताजा खबर
- १अमेरिका फर्किदैं धुर्मुसले लेखे– १८ करोड ऋणको भारी बोकेर मातृभूमि छोड्दैछु
- २प्रधानमन्त्री बालेन शाहले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता
- ३बालेन सरकारमाथि बादलको कडा टिप्पणी, नेतृत्व लिन रविलाई आग्रह
- ४रास्वपा बैठकमा सांसदका गुनासै गुनासा, सरकार जिम्मेवार नबनेको आरोप
- ५सिंहदरबारमै ब्यस्त सांसद, गाउँ जानै छाडे



तपाईको कमेन्ट लेख्नुहोस्