नेपालमा थप ७४० जनामा कोरोना पुष्टि, मृत्यु हुनेको संख्या ३२ पुग्यो
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले थपिएको जानकारी दिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा ८ सय २३ जनाले कोरोनाभाइरस जितेका छन् । योसँगै संक्रमण निको हुनेको कूल संख्या ६ हजार १ सय ४३ पुगेको छ ।
त्यस्तै, कोरोनाबाट काठमाडौं नयाँ बानेश्वरका ८५ वर्षीय पुरुषको मृत्यु भएको छ । उनको असार १७ गते मृत्यु भएकोमा कोरोना परिक्षण गर्दा पोजेटिभ देखिएको हो । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ । ९ हजार ८४ जनाको आइसुलेसनमा उपचार भइरहेको छ । क्वारेन्टिनमा ३५ हजार ४ सय ७२ जना रहेको मन्त्रालयले जनाएको छ । अहिलेसम्म २ लाख ५२ हजार २ सय ४७ पिसिआर परिक्षण भएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #कोरोनाभाइरस संक्रमण
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्